टोकियो ओलम्पिक : आज पनि त्रिपक्षीय प्रतिस्पर्धा, वाइल्सको स्वास्थ्यमा चासो « Khabarhub

टोकियो ओलम्पिक : आज पनि त्रिपक्षीय प्रतिस्पर्धा, वाइल्सको स्वास्थ्यमा चासो


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानमा जारी ओलम्पिकमा बुधबार पनि पदकका लागि त्रिपक्षीय होडबाजी कायम रहनेछ ।

बुधबारको खेल सूचीमा बिहान पौडीका पाँच वटा स्पर्धाका फाइनल प्रतिस्पर्धा हुनेछन् । महिला २०० मिटर फ्री स्टाइल, पुरुष २०० मिटर बटरफ्लाई, महिला १५०० मिटर फ्री स्टाइल, ४ गुणा २ सय मिटर फ्री स्टाइल र महिला २०० मिटर मेड्ली छन् ।

थ्री बाइ थी बास्केटबलको सेमिफाइनल र फाइनल बुधबार हुनेछ । पुरुषतर्फ सर्बिया र महिलातर्फ चीनलाई मुख्य दाबेदार छन् । जिम्न्यास्टिकका पुरुष अलराउण्डको स्पर्धा हुनेछ । सो स्पर्धामा रुसी टोलीका साथमा जापान र चीनको प्रतिस्पर्धा हुनेछ । साइक्लिङमा महिला र पुरुषको टाइम ट्रायल हुने छ ।

डाइभिङको स्पर्धामा चीन स्वाभाविक रूपमा स्वर्ण पदकको दाबेदार रहेको छ । इकवेस्ट्रियनको एउटा स्पर्धाको फाइनल पनि बुधवार हुनेछ । फेन्सिङको पुरुष साब्रेको टिम स्पर्धा हुनेछ ।

जुडोको पुरुष ९० किलो र महिला ७० किलोको स्पर्धाका खेल हुनेछन् । अन्य दिन झैँ बुधबार पनि एकै दिन पदकको टुङ्गो लाग्नेछ । बुधबार रोइङका ६ वटा स्पर्धाका स्वर्ण पदकको टुङ्गो लाग्नेछ । सम्भवतः बुधबारको सबैभन्दा महत्वपूर्ण खेल पनि यही हुने छ ।

रोइङमा कुनै एक देशको पकड त देखिँदैन । यी ६ स्वर्ण पदकलाई सबैले ध्यानपूर्वक हेरेका छन् ।

रग्बी सेभेनको पनि बुधबार पदकको टुङ्गो लाग्ने छ ।

बुधबार टेबल टेनिसमा कुनै पनि पदकको टुङ्गो लाग्दैन । क्वार्टर फाइनलसम्मका खेल बुधबार सकिने छन् । टेनिसमा पुरुष युगल र महिला युगलका क्वार्टर फाइनल खेल हुने छन् । भारोत्तोलनको पुरुष ७३ किलो तौल समूहको खेल हुनेछ ।

बुधबार नै बक्सिङका केही प्री क्वाटर फाइनल र पहिलो चरणका खेल हुनेछन् । महिला ५७ किलोको क्वार्टर फाइनल खेल भने बुधवार नै हुने ।

यस प्रतियोगितामा अनपेक्षित राम्रो प्रदर्शन गरिरहेको रुसी ओलम्पिक कमिटीको टोली केही कुरामा भाग्यमानी पनि साबित भएको छ । जिम्न्यास्टिकमा पुरुष र महिला दुवैमा विपक्षी प्रमुख खेलाडी घाइते हुन या अस्वस्थ हुनु उनीहरूका लागि थप भाग्यको विषय बनेको थियो ।

दुवैको टिम स्पर्धामा स्वर्ण पदक जितेको रुसी टोलीको प्रदर्शन पनि चासाको विषय हो ।

विभिन्न कोर्टमा विभिन्न खेलको परिणाम आए पनि धेरैको चासो अमेरिकी जिम्न्यास्ट सिमोन वाइल्सकोे स्वास्थ्य अवस्था र उनी अबको स्पर्धामा सहभागी हुने कि नहुने भन्ने विषयमा केन्द्रित हुनेछ ।

अमेरिकी जिम्न्यास्टिक टोलीले अहिलेको वाइल्सको स्वास्थ्यबारे केही केही जानकारी गराएको छैन । वाइल्सप्रति सधैँ सम्मान रहने र रजतका लागि पनि गर्व गर्नुपर्ने अमेरिकी टोलीको भनाइ छ ।

बुधबार वाइल्सको स्वास्थ्य रिपोर्ट, उनको अबका खेलमा सहभागिताबारे विषयमा धेरैको चासो रहेको छ । अलराउन्डमा अमेरिकाकै सुनिसा लीले वाइल्सको अनुपस्थितिमा स्वर्ण जित्ने सम्भावना रहेको छ । –एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ८ : ०७ बजे

पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी

काठमाडौं- नेपाल पत्रकार महासङ्घको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौं– नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले

‘महिला शक्ति जागरण अभियान’ शुभारम्भ

काठमाडौं– नेपालमा दाइजो कुप्रथाको पूर्ण अन्त्य, महिला हिंसा न्यूनीकरण र

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी- ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको

विभाजनको डिलमा कांग्रेस : इतरको राष्ट्रिय भेला तयारीबीच संस्थापनले बोलायो केन्द्रीय कार्यसमिति

काठमाडौं- नेपाली कांग्रेसले साउन २४ गते आइतबार केन्द्रीय कार्यसमिति बैठक