कांग्रेस पदाधिकारी बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल हुने « Khabarhub

कांग्रेस पदाधिकारी बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल हुने


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाइएको छ ।

बैठक ११ बजेपछि देउवा निवास बुढानिलकण्ठमा बस्नेछ । आजको बैठकमा क्रियाशील सदस्यता छानविन समितिले मंगलबार बुझाएको प्रतिवेदन र क्रियाशील सदस्य विवाद समाधानका विषयमा छलफल हुने बताइएको छ ।

समितिले देशभरका ८ लाख ५२ हजार क्रियाशील सदस्यको नामावाली तयार पारेर सुझावसहितको प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाएको छ।

बारा, सप्तरी, धनुषा र सर्लाहीको नयाँ सदस्य वितरणको विवाद शीर्ष नेताहरुकै बीचबाट सुल्झाउन आग्रह गर्दै समितिले प्रतिवेदन बुझाएको छ। समिति सदस्य कल्याण गुरुङले नै प्रतिवेदनमा असहमति जनाएपछि विवाद तथ बढ्न सक्ने देखिएको छ।

समितिले बुझाएको प्रतिवेदन र विवाद भएका स्थानको छलफलका लागि सभापति देउवाले बैठक तय गरेपछि प्रतिवेदनबारे धारणा बनाउन शीर्ष नेताहरु मंगलबारदेखि आन्तरिक छलफलमा जुटेका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलसहित संस्थापनइतर समूहले पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल गरेको थियो।

संस्थापन पक्षले एकलौटी ढंगले क्रियाशील सदस्यता वितरण गरेको संस्थापनइतर समूहले आरोप लगाएको छ। कांग्रेस क्रियाशील सदस्यको विवादले पार्टीको आगामी १४ औँ महाधिवेशन प्रभावित हुन शुरु भएको छ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ९ : ३३ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

राँझा– बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण