ब्याण्ड ‘स्लिपनट’का संस्थापक जोर्डिसनको निधन « Khabarhub

ब्याण्ड ‘स्लिपनट’का संस्थापक जोर्डिसनको निधन


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(बीबीसी)– अमेरिकी हेभी मेटल ब्याण्ड ‘स्लिपनट’का पूर्व ड्रमर जोय जोर्डिसनको ४६ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारले जोर्डिसनको शान्त किसिमले अन्तिम श्वास फेरेको उल्लेख गरेका छन् ।

उनको के कारणले निधन भएको हो भन्ने परिवारले खुलाएका छैनन् । तर उनको निधनको कारण ‘खाली हृदय र अवर्णनीय दुःखका भावनाहरु’ दाबी गरिएको छ ।

सन् १९९५ ताका स्थापना भएको व्याण्ड ‘स्लिपनट’का संस्थापकमध्ये एक हुन् । यो व्याण्डमा उनीसँग सावन क्रुहन र बाशिष्ट पल ग्रे थिए । यो व्याण्डले स्वः घोषित डेब्यूट एल्बम चार वर्षपछि रिलिज गरेका थिए । जुन एलबम हिट साबित भएको थियो ।

व्याण्डको एलबम विश्वव्यापी रुपमा करोडौं प्रति बिक्री भएको थियो । यूएस चार्टमासमेत सफल भएको एलबमले ‘ग्रामी अवार्ड’ जितेको थियो । यो व्याण्ड फरक किसिमको आक्रामक संगीत शैली र प्रस्तुतिमा डराउने किसिमको मास्क लगाउने समूहका रुपमा परिचित थियो ।

जोर्डिसन यो समूहमा सन २०१३ सम्म मात्र बसे । आफ्नो शरीरमा देखिएको नयाँ रोगका कारण व्याण्ड छोड्नुपरेको उनले खुलाएका थिए ।

जोर्डिसन ‘मर्डरडल्स’, ‘मेटालिका’, ‘कोर्न’ र ‘रब जोम्बी’मा पनि आबद्ध भए । व्याण्डको संस्थापक सदस्य पल ग्रेको लागुऔषधको ओभरडोजका कारण मृत्यु भएको १० वर्षपछि जोर्डिसनको निधन भएको हो ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १२ : ०० बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

रास्वपा सरकारको १०० बुँदे कार्यसूची: कहाँ छुटे चुनावी बाचाका स्वास्थ्य एजेन्डा ?

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा