ब्याण्ड ‘स्लिपनट’का संस्थापक जोर्डिसनको निधन « Khabarhub

ब्याण्ड ‘स्लिपनट’का संस्थापक जोर्डिसनको निधन


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(बीबीसी)– अमेरिकी हेभी मेटल ब्याण्ड ‘स्लिपनट’का पूर्व ड्रमर जोय जोर्डिसनको ४६ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारले जोर्डिसनको शान्त किसिमले अन्तिम श्वास फेरेको उल्लेख गरेका छन् ।

उनको के कारणले निधन भएको हो भन्ने परिवारले खुलाएका छैनन् । तर उनको निधनको कारण ‘खाली हृदय र अवर्णनीय दुःखका भावनाहरु’ दाबी गरिएको छ ।

सन् १९९५ ताका स्थापना भएको व्याण्ड ‘स्लिपनट’का संस्थापकमध्ये एक हुन् । यो व्याण्डमा उनीसँग सावन क्रुहन र बाशिष्ट पल ग्रे थिए । यो व्याण्डले स्वः घोषित डेब्यूट एल्बम चार वर्षपछि रिलिज गरेका थिए । जुन एलबम हिट साबित भएको थियो ।

व्याण्डको एलबम विश्वव्यापी रुपमा करोडौं प्रति बिक्री भएको थियो । यूएस चार्टमासमेत सफल भएको एलबमले ‘ग्रामी अवार्ड’ जितेको थियो । यो व्याण्ड फरक किसिमको आक्रामक संगीत शैली र प्रस्तुतिमा डराउने किसिमको मास्क लगाउने समूहका रुपमा परिचित थियो ।

जोर्डिसन यो समूहमा सन २०१३ सम्म मात्र बसे । आफ्नो शरीरमा देखिएको नयाँ रोगका कारण व्याण्ड छोड्नुपरेको उनले खुलाएका थिए ।

जोर्डिसन ‘मर्डरडल्स’, ‘मेटालिका’, ‘कोर्न’ र ‘रब जोम्बी’मा पनि आबद्ध भए । व्याण्डको संस्थापक सदस्य पल ग्रेको लागुऔषधको ओभरडोजका कारण मृत्यु भएको १० वर्षपछि जोर्डिसनको निधन भएको हो ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १२ : ०० बजे

हामी चुनाव गराउनै लागिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन

सरकारका १०० दिन : जगाउन सकेन आशा, चुनाव पनि अनिश्‍चित

काठमाडौं– जेन–जी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते गरेको

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

जुम्ला– तातोपानी गाउँपालिकामा हालसम्म सात  करोड २४ लाख ९० हजार

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको