कालीगण्डकीको अवैध दोहन गरी बालुवा चोरी « Khabarhub

कालीगण्डकीको अवैध दोहन गरी बालुवा चोरी


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–१ मा कालीगण्डकी नदीको अवैध दोहन र बालुवा चोरी भएको छ ।

आनन्दबगर, सारेमारे र ढोडेनीखोलामा स्थानीय तहसँग ठेक्का सम्झौताबिनै एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन् भएको हो ।

सर्वोच्च अदालतले हालै गरेको फैसला र सरकारको निर्णयविपरीत अवैधरूपमा कालीगण्डकीबाट बालुवा उत्खनन् भएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए ।

प्रजिअ अधिकारीको नेतृत्वमा प्रहरी नायब उपरीक्षक श्यामकुमार राई, सशस्त्र प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङ र राष्ट्रिय अनुसन्धानका प्रमुख अधिकृत महेश गुरुङको टोलीले मङ्गलबार उत्खनन भइरहेको बगरको अनुगमन गरेको थियो ।

अवैध नदी दोहनले नगरपालिकाको लाखौँ आयस्रोत गुमेको छ । तटीय क्षेत्रमा कटानको जोखिम बढेको छ । सरकारले असारदेखि भदौसम्म नदी उत्खनन गर्न रोक लगाएको छ ।

हालै सर्वोच्च अदालतले कालीगण्डकीमा डोजर प्रयोग गरेर उत्खनन गर्न नपाउने फैसला गरेको छ । “ठेक्का सम्झौताबिनै डोजर लगाई खोलामा स्पर बनाएर बालुवा उत्खनन् गरेको भेटियो”, प्रजिअ अधिकारीले भने, “कारवाहीका लागि सिफारिस गर्छौँ ।”

प्रहरी नायब उपरीक्षक राईले बगरबाट बालुवा उत्खननमा प्रयोग भएका चारवटा एक्साभेटरका धनी र उत्खननमा संलग्नलाई प्रहरी कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको बताए ।

“एक्साभेटर र थुपारेको बालुवा जफत गरेर कारवाहीका लागि जिल्ला समन्वय समितिमार्फत नगरपालिकामा पठाउँछौँ”, उनले भने ।

ढोडेनीखोला र कालीगण्डकीको दोभानस्थित म्याग्दीको भूगोलमा पर्ने ढोडेनीखोला भन्ने ठाउँमा बागलुङतर्फबाट डोजर ल्याएर करिब १०० टिपर बालुवा निकालिएको छ ।

ढाडेनीखोलाभन्दा करिब ८०० मिटरमाथि सारेमारेको झोलुङ नजिकै पनि करिब १० दिनदेखि डोजर प्रयोग गरेर बालुवा निकालिरहेका छन् । त्यहाँ करिब ३० टिपर बालुवा थुपारिएको छ ।

दिउँसो नजिकैको जङ्गलभित्र लुकाएर राख्ने डोजर बिहान र साँझमा बगरमा लगेर बालुवा निकाल्ने गरेका स्थानीयवासीले बताएका छन् । आनन्दबगरमा दुईवटा डोजर प्रयोग गरेर २०० टिपरभन्दा बढी बालुवा निकालेर थुपारेका छन् ।

ठेक्का प्रतिस्पर्धा र नगरपालिकाले तोकेको ठाउँभन्दा अन्यत्र मेसिन प्रयोग गरेर बगर उत्खनन् गर्न नपाउने कानूनी व्यवस्था छ । आनन्दबगरका हर्कबहादुर क्षेत्रीले सडक र खेलमैदान निर्माण गर्न व्यक्तिगत जग्गाभित्र पर्ने बगरमा कालीगण्डकीले बगाएर ल्याएको बालुवा निकालेको बताए ।

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले असार १ गतेदेखि नै बगर उत्खनन गर्न रोकिएको बताए । प्रहरीले नियन्त्रणमा लिएर बुझाएमा कारवाही प्रक्रिया अघि बढाउने उनले बताए ।

 

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १२ : १५ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी