चीनले बनाएको इस्लामावाद विमानस्थलको छत भारी वर्षले भत्कियो « Khabarhub

चीनले बनाएको इस्लामावाद विमानस्थलको छत भारी वर्षले भत्कियो


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- चीनले निर्माण गरेको पाकिस्तानस्थित इस्लामावाद अन्तर्राष्ट्रिय विमानस्थलको छत भारी वर्षाले आंशिक रूपमा भत्किएको छ ।

उक्त घटनाको भिडियो सामाजिक सञ्‍जालमा भाइरल भएको छ । वर्षाको पानीले छत भरिएपछि सोमबार एक अंश भत्किएको थियो । छत भत्किएपछि इमिग्रेसनसहित धेरै काउन्टरको कार्यालयमा रहेका कम्प्यूटर र अन्य उपकरणहरूमा क्षति पुगेको छ ।

वर्षाकै कारण छत भत्किएपछि कार्यालयभित्रसमेत पानी पसेको छ । अधिकारीहरूले यस्ता घटनाहरू फेरि नहुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सन् २०१८ मा उद्घाटन गरिएको विमानस्थल चिनियाँ निर्माण इन्जिनियरिङ कर्पोरेशनले बनाएको हो । जुन चीनको सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको कम्पनी हो ।

एयरपोर्टको अन्तर्राष्ट्रिय प्रस्थान र समोराह हलमा रहेको खराबीले छतको एक प्रमुख अंश अगस्त, २०२० मा वर्षाको समयमा ढलेको थियो । त्यस घटनापछि हलमा पानीको चुहावट हुन थालेको थियो । फेरि पनि यस वर्ष छतको अर्को भाग भत्किएको हो ।

“बाहिरी छतको डिजाइन यस्तो छ कि यसले एयर कन्डिसन नभएको ठाउँमा प्रवेश र प्रसारित गर्न अनुमति दिन्छ । तीव्र गतिमा चलेको बतासको बखत हामी कहिलेकाँही त्यस्तो अवस्थाको सामना गर्छौं,” विमानस्थल डिभिजनका प्रवक्ता वरिष्ठ सहसचिव अब्दुल सत्तार खोखरले भने ।

सात महिना बितिसक्दा पनि भत्किएको छत मर्मतको काम नहुँदै अर्कोतर्फ भत्किएको हो । यसरी चिनियाँ निर्माणका भौतिक संरचनाहरुमा कमजोरी देखिँदा समस्या भएको र चीनले निर्माण गरेका अन्य भौतिक संरचनाप्रति पनि आशंकाहरु उब्जिएको छ ।

स्रोत- एएनआई

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १२ : ४७ बजे

शिक्षा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

विश्वकप फुटबल : बोस्निया हर्जगोभिनालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका अन्तिम

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक

प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक