विवादसँग शिल्पाको यस्तो सम्बन्ध « Khabarhub

विवादसँग शिल्पाको यस्तो सम्बन्ध


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– अभिनेत्री शिल्पा शेट्टी कुन्द्रा हालका दिनमा पति राज कुन्द्राका कारण चर्चामा छिन् । उनका पति राजलाई प्रहरीले पोर्न फिल्म उत्पादन र त्यसलाई एपमार्फत विक्री गर्ने गरेको आरोपमा पक्राउ गरी प्रहरी हिरासतमा राखेको छ । शिल्पाको कुरा गर्दा उनी यसअघि कैयौं विवादमा परेकी छन् ।

सन् २००७ मा हलिउड अभिनेता रिचर्ड गेर र शिल्पाको चुम्बन विवाद जोकोही जानकार छन् । एड्सप्रति जागरुकता फैलाउन आयोजित एक कार्यक्रममा शिल्पा र रिचर्ड स्टेजमा उभिएका थिए । त्यही बेला रिचर्डले शिल्पालाई जबरदस्ती चुम्बन गरेका थिए । यो घटनापछि शिल्पाको भारतभर विरोध भएको थियो ।

सन् २००७ मै शिल्पाले रियालिटी शो ‘बिग ब्रदर’मा हिस्सा लिइन् । शोको समयमा अर्को प्रतिष्पर्धी जेड गुडीले शिल्पाविरुद्ध जातीय टिप्पणी गरिन् । जुन टिप्पणीप्रति भारतभर विरोध भएको थियो । तर यो विवादको फाइदा शिल्पालाई नै भयो । किनकी उनले ‘बिग ब्रदर’को ५ औं सिजनको उपाधि जितिन् ।

सन् २००९ मा शिल्पा सखीगोपाल मन्दिर पुगेकी थिइन् । त्यो बेला उनको एक तस्वीर निकै भाइरल भयो, जसमा मन्दिरका एक पुजारीले उनको गालामा चुम्बन गरेका थिए । यो विवाद बढेपछि शिल्पाले ‘के कोही पिताले आफ्नो छोरीलाई चुम्बन गर्न सक्दैन ?’ भन्ने जवाफ दिएपछि विवाद शान्त भएको थियो ।

राजले सन् २००३ मा कविता नामकी महिलासँग विवाह गरेकी थिइन् । कविताले शिल्पामाथि उनको घर बिगारेको आरोप लगाएकी थिइन् । यद्यपि राजले कविताको आरोप गलत भएको सफाइ दिएका थिए ।

सन् २००३ मा शिल्पाको करियर नाजुक मोडमा रहँदा उनको परिवारको सम्बन्ध अन्डरवल्र्डसँग रहेको समाचार बाहिर आएको थियो । त्यही बेला शिल्पामाथि कैयौं आरोप लागे पनि उनको परिवारले सबै आरोपको खारेज गरेका थिए ।

सन् २००६ मा मदुरैको एक अदालतले शिल्पामाथि अश्लीलता फैलाएको आरोप लगाउदै उनी र रीमा सेनाविरुद्ध जमानती वारेन्ट जारी गरेको थियो । शिल्पाले एक तमिल पत्रिकाका लागि बोल्ड फोटोशुट गराएको आरोप लागेको थियो । तर शिल्पाले आफूले कुनै फोटोसुट नगराएको दाबी गरेकी थिइन् ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १ : १५ बजे

पाकिस्तानमा चिकित्सकको विरोध प्रदर्शन जारी, स्वास्थ्य सेवा अवरुद्ध

बलुचिस्तान- महिला चिकित्सकमाथि भएको एसिड आक्रमणको विरोधमा पाकिस्तानको बलुचिस्तान प्रान्तमा चिकित्सकहरूले

अफगानिस्तानमा बारुती सुरुङ हटाउन नयाँ पहल, १८ लाख वर्गमिटर क्षेत्र खतरा मुक्त गरिने

काबुल- अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जमिनमुनि रहेका बारुती सुरुङ तथा

‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग

काठमाडौं– हुलाक सेवासम्बन्धी कानुन ‘हुलाक ऐन, २०१९’ र नीति समयानुकूल

नेप्से परिसूचक २४.६३ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि

विष्णु पौडेलको रिटमा सक्कल मिसिल झिकाउन सर्वोच्चको आदेश

 काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले दायर गरेको