एकैदिन दर्शकमाझ ‘भाइजान’ र ‘पठान’ « Khabarhub

एकैदिन दर्शकमाझ ‘भाइजान’ र ‘पठान’


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउडका लोकप्रिय अभिनेता सलमान खान चाँडो भन्दा चाँडो आफ्नो आगामी फिल्म पुरा गर्ने ध्याउन्नमा छन् । यतिबेला उनी फिल्म ‘टाइगर ३’को सुटिङमा व्यस्त छन् ।

यो फिल्ममा सलमान र कटरीना कैफको जोडी अनस्क्रिन रोमान्स गर्दैछन् । फिल्ममा भिलेन भूमिकामा इमरान हाशमी देखिँदैछन् ।

यसबाहेक सलमानले आगामी फिल्म ‘कभी इद कभी दिवाली’को रिलिज मिति पनि ‘लक’ गरेका छन् । यो फिल्मको नाम परिर्वतन गरेर अहिले ‘भाइजान’ राखिएको छ ।

सलमान र निर्माता तथा निर्देशक साजिद नाडियाडवालाले हालैमात्र फिल्म ‘भाइजान’को सुटिङको सेड्युल र रिलिजको मिति तोक्नका लागि भेट गरेका थिए । उनीहरु दुवैले फिल्म सन् २०२२ को दिपावलीमा रिलिज गर्ने सहमति जनाएका छन् ।

फिल्मको स्क्रिप्ट कमेडीमा आधारित रहेको र पारिवारिक फिल्म भएकाले दिपावली उपयुक्र्त समय हुनेमा सलमान र साजिद सहमत छन् ।

‘भाइजान’को निर्देशन फरहाद समजीले गर्नेछन् । फिल्ममा सलमानको अपोजिटमा पहिलोपटक दक्षिण भारतीय अभिनेत्री पूजा हेगडे देखिँदैछिन् ।

सलमानले फिल्मको मिति सार्वजनिक गरिरहँदा शाहरुख खानको प्रतिक्षित फिल्म ‘पठान’ पनि यही मितिमा रिलिज हुँदैछ । फिल्ममा शाहरुखका अलावा दीपिका पादुकोण, जोन अब्राहमको अभिनय रहनेछ । फिल्मको हाल छायांकन भइरहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ४ : १० बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज