एकैदिन दर्शकमाझ ‘भाइजान’ र ‘पठान’ « Khabarhub

एकैदिन दर्शकमाझ ‘भाइजान’ र ‘पठान’


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउडका लोकप्रिय अभिनेता सलमान खान चाँडो भन्दा चाँडो आफ्नो आगामी फिल्म पुरा गर्ने ध्याउन्नमा छन् । यतिबेला उनी फिल्म ‘टाइगर ३’को सुटिङमा व्यस्त छन् ।

यो फिल्ममा सलमान र कटरीना कैफको जोडी अनस्क्रिन रोमान्स गर्दैछन् । फिल्ममा भिलेन भूमिकामा इमरान हाशमी देखिँदैछन् ।

यसबाहेक सलमानले आगामी फिल्म ‘कभी इद कभी दिवाली’को रिलिज मिति पनि ‘लक’ गरेका छन् । यो फिल्मको नाम परिर्वतन गरेर अहिले ‘भाइजान’ राखिएको छ ।

सलमान र निर्माता तथा निर्देशक साजिद नाडियाडवालाले हालैमात्र फिल्म ‘भाइजान’को सुटिङको सेड्युल र रिलिजको मिति तोक्नका लागि भेट गरेका थिए । उनीहरु दुवैले फिल्म सन् २०२२ को दिपावलीमा रिलिज गर्ने सहमति जनाएका छन् ।

फिल्मको स्क्रिप्ट कमेडीमा आधारित रहेको र पारिवारिक फिल्म भएकाले दिपावली उपयुक्र्त समय हुनेमा सलमान र साजिद सहमत छन् ।

‘भाइजान’को निर्देशन फरहाद समजीले गर्नेछन् । फिल्ममा सलमानको अपोजिटमा पहिलोपटक दक्षिण भारतीय अभिनेत्री पूजा हेगडे देखिँदैछिन् ।

सलमानले फिल्मको मिति सार्वजनिक गरिरहँदा शाहरुख खानको प्रतिक्षित फिल्म ‘पठान’ पनि यही मितिमा रिलिज हुँदैछ । फिल्ममा शाहरुखका अलावा दीपिका पादुकोण, जोन अब्राहमको अभिनय रहनेछ । फिल्मको हाल छायांकन भइरहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ४ : १० बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान