ट्रेलरमा धुर्मुस र सुन्तलीको ‘म त मर्छु कि क्या हो’ « Khabarhub

ट्रेलरमा धुर्मुस र सुन्तलीको ‘म त मर्छु कि क्या हो’


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय सामाजिक काममा सक्रिय कमेडियन जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को फिल्म ‘म त मर्छु कि क्या हो’को ट्रेलर सार्वजनिक भएको छ । धुर्मुसुन्तली युट्युब च्यानलमार्फत सार्वजनिक ट्रेलरमा कमेडीलाई प्राथमिकता दिइएको छ ।

ट्रेलरमा सीताराम ‘धुर्मुस’ र कुञ्जना ‘सुन्तली’कै चरित्रमा देखिएका छन् । फिल्ममा रवि गिरी, बुद्धी तामाङ, विजय बराल, पल्पसा डंगोल, बालदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुनिता थापालगायतको अभिनय छ ।

फिल्ममा सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को निर्माण, निर्देशन, कथा, पटकथा र संवाद रहेको छ । सुबिहानी फिल्म्सको प्रस्तुति रहेको फिल्ममा स्वयत्न योञ्जनको कोरियोग्राफी, मिलन श्रेष्ठको सम्पादन र सुदिप बरालको छायांकन छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ४ : ४५ बजे

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ