कांग्रेस बैठक : क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन फिर्ता, विवाद सुल्झ्याउन एक दिनको समय | Khabarhub Khabarhub

कांग्रेस बैठक : क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन फिर्ता, विवाद सुल्झ्याउन एक दिनको समय


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदन फेरि समितिलाई नै फिर्ता पठाउने निर्णय गरेको छ ।

आज बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यताको विषयमा देखिएको विवाद समाधान गर्नका लागि थप एक दिनको समय दिँदै प्रतिवेदन फिर्ता पठाउने निर्णय गरेको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको विवाद समाधानका लागि एक दिनको समय दिएर प्रतिवेदन फिर्ता पठाउने निर्णय गरेको जानकारी दिए ।

केन्द्रीय महाधिवेशनको तहमा पुग्नका लागि तल्ला ७ वटा तहको चुनावको प्रक्रिया समेत सम्पन्न गर्नुपर्ने अवस्था रहेको र आगामी १६ गते ७ सय ५३ वटा स्थानीयको तहमा अधिवेशन गर्नुपर्ने अवस्था रहेको भएपनि कतिपय स्थानमा क्रियाशील सदस्यताको विवाद कायमै रहेको र समितिले समेत समाधान गर्न नसकेको प्रतिवेदन बुझाएको भन्दै थप छलफल गर्न समितिमै फिर्ता पठाएर एक दिन समय दिने निर्णय गरेको उनले जानकारी दिए ।

उनले भने,‘१२ गते क्रियाशील सदस्यता छानविन समितिले प्रतिवेदन बुझाएको थियो । समिति सदस्य कल्याण गुरुङले फरक मत राख्नुभएको छ । क्रियाशील सदस्यताको प्रतिवेदनलाई केन्द्रिय समितिले स्वामित्व लिएर फरक मत लिएको विषयमा समेत छलफल गरेर, विवादित भएका स्थानका बारेमा समेत निर्णय गर्नुपर्नेछ । भोलिसम्म हेरेर निष्कर्ष निकाल्नका लागि समय दिने निर्णय गरिएको छ ।’

प्रवक्ता शर्माले अहिले केन्द्रीय महाधिवेशनको मिति हेरफेरका बारेमा कुनै छलफल शुरु नभएको र कोरोनाको अवस्था हेरेर निर्णय हुने जानकारी दिए ।

उनले भने,‘बैठकमा कोरोना महामारीको अवस्था र त्यसले कांग्रेस महाधिवेशनमा पर्ने प्रभावका बारेमा समेत छलफल भएको छ । देशव्यापी रुपमा कोरोना संक्रमणको अवस्था के छ, असर र प्रभाव के छ ? लगायतलाई समन्वय गरेर हामी टुंगोमा पुग्छौं । एक वर्ष वा दुई वर्ष थप्ने भन्ने विल्कुल छलफल भएको छैन ।’

प्रवक्ता शर्माले क्रियाशील सदस्यताका कारण महाधिवेशन शुरु हुन नसकेको भन्ने भनाइमा सत्यता नरहेको दाबी गरे ।

उनले करिब १५/१६ वटा निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता विवाद समाधान नभएको भए पनि त्यसकै कारण महाधिवेशन नरोकिने स्पष्ट पारे । कांग्रेसको १३ औं महाधिवेशनमा समेत ३३ वटा निर्वाचन क्षेत्रको सदस्यता विवाद समाधान नभए पनि महाधिवेशन भएको भन्दै उनले अहिले समेत विवाद समाधान हुन नसके पुरानै प्रतिनिधि राखेर अधिवेशन गर्नसकिने बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ४ : ५४ बजे

४६ वर्षपछि पर्दामा पुनर्मिलन गर्ने तयारीमा रजनीकान्त र कमल

काठमाडौं – तमिल सिनेमाका दुई महानायक रजनीकान्त र कमल हासन

ताराखोला गाउँ जलविद्युतको ‘हब’ : एउटै खोलामा ६ वटा आयोजना 

बागलुङ– बागलुङको ताराखोला गाउँपालिका जलविद्युतको हबका रूपमा विकास भएको छ

ढोरपाटन र निसेलढोरमा स्याउ नफल्दा किसान चिन्तित

बागलुङ– यस वर्ष निसेलढोर र ढोरपाटनमा स्याउ नफलेपछि किसान चिन्तित

बैतडीमा डेङ्गीको जोखिम बढ्दो, सात जनामा सङ्क्रमण पुष्टि

बैतडी– बैतडीमा डेङ्गीको जोखिम बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका

आज आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस

काठमाडौं– आज आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस मनाइँदै