प्रेमध्वजको गीतको कभर प्रतिष्पर्धामा एघार जोडी फाइनल प्रतिष्पर्धी « Khabarhub

प्रेमध्वजको गीतको कभर प्रतिष्पर्धामा एघार जोडी फाइनल प्रतिष्पर्धी


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दिवंगत गायक प्रेमध्वज प्रधानको गीत ‘ती आँखामा’को कभर गायन प्रतियोगिताको फिनालेका लागि एघार जोडी छानिएका छन् । एशियन म्युजिकले आयोजना गरेको प्रतियोगितामा गीतका लागि १ सय ७३ जनाले भिडियो पठाएका थिए ।

हालसम्म प्राप्त भएका गायन भिडियोबाट निर्णायक टोलीले उत्कृष्ट ११ जोडीलाई चयन गरेको एशियन म्युजिकका अध्यक्ष इश्वर गुरुङले बताए ।

प्रतियोगिताका लागि युनिशा शेर्पा देशार र सुमित श्रेष्ठ, सिर्जन गुरागाईं र उमेश राउत, आयुष्मा महर्जन र सविन महर्जन, कुमारी बिसी र सन्दीप केसी चयन भएका छन् ।

यस्तै अन्य जोडीमा सरिता शाही र मनिक शाही, सरल महर्जन र प्रिजा मिश्र, राजिव योगल श्रेष्ठ र कल्पना श्रेष्ठ, अमोगाबीर बज्राचार्य र रेजिना बज्राचार्य, जनक घिमिरे र रोनी राजभण्डारी, अस्मिता राई र सुरज शाही, सरस्वती मानन्धर र सुरज मानन्धर रहेका छन् ।

प्रतियोगिताको निर्णय साउन २१ गते सार्वजनिक गरिनेछ । विजेता जोडीलाई एशियन म्युजिकले एक गीत गाउने अवसर दिनेछ । सो गीतको म्युजिक भिडियो तयार गरेर एशियन म्युजिककै युट्युब च्यानलबाट रिलिज गरिनेछ ।

आयोजक गुरुङले तीन महिनाअघि दिवंगत भएका अग्रज गायक प्रेमध्वज प्रधानप्रति श्रद्धासुमन अर्पण स्वरुप उनको यो गीतको कभर गायन प्रतियोगिता आयोजना गरिएको बताए ।

डब्बु क्षत्रीको रचना र जुगल डंगोलको संगीतमा तयार भएको यो गीत पाँच वर्ष अघि सार्वजनिक गरिएको थियो । ओरिजिनल गीतमा गायक प्रेमध्वज प्रधान र केन्जुमा सुब्बाले गाएका हुन् । जसलाई एशियन म्युजिकबाट रिलिज गरिएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ५ : २० बजे

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति