७७९ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? | Khabarhub Khabarhub

७७९ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७९ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ६११ कोरोना संक्रमितको आईसीयूमा र १६८ को भेन्टिलेटरमा गरी कुल ७७९ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ११० जना आईसीयूमा र ४८ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा २ जनाको आईसीयूमा उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ३६५ जना आईसीयूमा र ८९ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ६७ जना आईसीयूमा र १९ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४४ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा, कर्णालीमा १६ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ७ जना आईसीयू र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १० : ३० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र