हातहतियारसहित सुनचाँदी पसल लुटपाट गर्न खोज्ने ६ जना पक्राउ | Khabarhub Khabarhub

हातहतियारसहित सुनचाँदी पसल लुटपाट गर्न खोज्ने ६ जना पक्राउ


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

मोरङ-सुन्दरहरैचा नगरपालिका-१० त्रिबेणी चोक बस्ने खगेन्द्र थापाको शिव पञ्चायन ज्वेलर्समा हतियार देखाई लुटपाट गर्न खोजेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुनसरी ईटहरी उपमहानगरपालिका-२० तरहरा डेरा गरी बस्नेहरु संखुवासभा सभापोखरी गाउँपालिका-४ घर भएका ३९ वर्षीय प्रकाश भन्ने चन्द्र बहादुर राई, संखुवासभा बारबिसे गाउँपालिका-६ घर भएका ३० वर्षीय चिरञ्जिवि राई, भोजपुर पौवादुम्मा गाउँपालिका-३ घर भएका ३० वर्षीय नगेन्द्र राई, सुनसरी गढी गाउँपालिका-१ बस्ने ४५ वर्षीय डाईमण्ड भन्ने प्रमोद चौधरी, मोरङ सुन्दरहरैचा नगरपालिका-५ बस्ने २२ वर्षीय मिशन राई र मोरङ सुन्दरहरैचा नगरपालिका-७ बस्ने ३१ वर्षीय सन्तोष राई रहेका छन् ।

उक्त ज्वेलर्समा असार ३१ गते ६ जना मोटरसाइकलमा आई लुटपाट गर्न योजना बनाए पनि सफल हुन नसके पश्चात वुढी खोलाको बाटो हुँदै ईटहरीतर्फ गएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले साथमा लगेको हतियार नमुना सामुदायिक वन जंगलमा रूखको टोड्कोमा लुकाई छिपाई राखेको तथा साउन १ गते दिउँसो उक्त ज्वेलर्समा लुटपाट गर्ने उद्देश्यले हतियार सहित प्रमोद चौधरी लगायत ३ जना प्रवेश गरेको र अन्य ३ जना उक्त पसलको वरिपरि निग्रानी गरी बसेको अनुसन्धानबाट खुलेको छ ।

सुन्दरहरैचा नगरपालिका-५ नमुना सामुदायिक वनको करमको रूखको टोड्कोभित्र लुकाई राखेको अवस्थामा घटनामा प्रयोग भएका १ थान एसएमजी, सोको १ थान म्याग्जिन, ६२ राउण्ड गोली, १ थान अटोमेटिक पेस्तोल, सोको १ थान म्याग्जिन, २ राउण्ड गोली, १ थान कटुवा पेस्तोल, थ्रिनटथ्रि राइफलको ४ राउण्ड गोली र २ थान संचार सेट प्रहरीले बरामद गरेको छ ।

साथै उनीहरुको साथबाट को.२ ह २७३६ नम्बरको अटो रिक्सा, प्रदेश १-०२-०४४ प ५९९५ मोटरसाईकल, को.२० प १८६ मोटरसाईकल, को.८ प ६५८३ मोटरसाईकल, को.२१ प ६७०३ मोटरसाईकल, ८ थान मोबाइल र नगद १६ हजार १ सय रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।

घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ९ : १५ बजे

सिरहामा भन्सार छलीका सामानसहित गाडी नियन्त्रण

सिरहा– सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण  सिरहा अन्तर्गतको

ट्रम्प- पुटिन-जेलेन्स्की वार्ता हङ्गेरीको बुडापेस्टमा हुने चर्चा

वाशिङ्टन- रुस र युक्रेनबीच नयाँ शान्ति वार्ताको पहल सुरु भएको

हात्ती धपाउन जोखिम मोलेर विद्युतीय घेराबारा

झापा– मेचीनगर नगरपालिका–११ का शान्तिराम चिमरियाले जंगली हात्ती नपसोस् भनेर

जब शिक्षकले नै ब्यानर टेक्दै हिँडे… (तस्बिरहरू)

काठमाडौं- विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै

जनताका पक्षमा काम गर्न सरकार क्रियाशील : मन्त्री पौडेल

सुदूरपश्चिम– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले वर्तमान सरकार जनताका पक्षमा