सोफा कारखानामा आगलागी हुँदा १ करोड ६० लाख बराबरको धनमाल जलेर नष्ट « Khabarhub

सोफा कारखानामा आगलागी हुँदा १ करोड ६० लाख बराबरको धनमाल जलेर नष्ट


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं महानगरपालिका १७ स्थित वनस्थली चोक नजिकै रहेको थ्रीडी फर्निचर तथा सोफा कारखानामा लागेको आगो नियन्त्रणमा लिइएको छ ।

आज दिउँसो करीव ४ बजे भएको आगलागी सशस्त्र प्रहरीले पाँच वटा दमकल र पाँच वटा ट्यांकरको सहयोगमा नियन्त्रणमा लिएको हो ।

धादिङ्ग घर भएका रामहरी धरेल र भारतीय नागरिक विजय शर्माले संचालन गरेको उक्त फर्निचर कारखानामा विद्युतीय तार सर्ट भई आगलागी भएको बताइएको छ ।

आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश वालाजुबाट सशस्त्र प्रहरी निरीक्षक प्रमिला श्रेष्ठकको कमाण्डमा २० जना, सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गुल्म काठमाडौबाट सशस्त्र प्रहरी निरीक्षक गोरख भण्डारीको कमाण्डमा ३५ जना र सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण (विशेष कार्यदल) बगलामुखीबाट श्यामसंगती महर्जनको कमाण्डमा खटिएको ३५ जना सशस्त्र प्रहरीको टोलीले उक्त आगलागी नियन्त्रणमा लिएको हो ।

आगलागीबाट करीव १ करोड ६० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ७ : ५० बजे

निर्वाचन गराउन आयोग सबै हिसाबले तयार छः प्रमुख आयुक्त भण्डारी

काठमाडौं – निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

साताको कार्टुन – कांग्रेसमा पूर्णबहादुरको तौल !

काठमाडौं – भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपाली कांग्रेस

कहाँ चुक्यो कर्णाली याक्स ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन १ मा चौथो

तिला जलविद्युतको बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला – जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र