अर्थमन्त्री शर्मा र कोरियाली राजदूतबीच शिष्टाचार भेट « Khabarhub

अर्थमन्त्री शर्मा र कोरियाली राजदूतबीच शिष्टाचार भेट


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले आज शिष्टाचार भेट गरेका छन् ।

अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवालाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरे ।

कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारकोतर्फबाट हुनुपर्ने काम गरिने प्रतिबद्धता जनाउँदै मन्त्री शर्माले कोरियाकोतर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिनसमेत आग्रह गरे ।

“इपिएसअन्तर्गत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका हजारौँ युवा बेरोजगार बसेका छन् । यो समस्या चाँडै समाधान गरिनेछ भन्ने विश्वास लिएको छु”, मन्त्री शर्माले भने ।

जवाफमा राजदूत पार्कले रोकिएको इपिएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिएका थिए ।

नेपालीको मेहेनती र इमान्दारिताबाट कोरियाली रोजगारदाता खुशी रहेको प्रसङ्ग उल्लेख गर्दै राजदूतले भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकलाई काममा पठाउने प्रक्रिया अघि बढाइने जानकारी दिए ।

भेटका क्रममा अर्थमन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसका लागि कोरियाली जनताकोतर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे । उनले नेपालको स्वास्थ्य, शिक्षा र प्रविधिका क्षेत्रमा कोरियाले गरिरहेको सहयोगप्रति आभार प्रकट गरे ।

कोरियाले नेपालमा स्वास्थ्य, शिक्षा, जलविद्युत्लगायतका क्षेत्रमा लगानीसमेत गर्दै आइरहेको छ । कोरियाको लगानीमा भक्तपुरको थिमि, नुवाकोट, धनगढी र मुगुमा सुविधासम्पन्न अस्पताल निर्माण गरेको छ भने महोत्तरीको बर्दिवासमा मोडेल पोलिक्निक कलेजको स्थापना गर्दैछ । उक्त कलेजले निर्माण क्षेत्रको दक्षजनशक्ति उत्पादन गर्नेछ ।

मन्त्री शर्माले कोरियासँग नेपालको ४८ वर्षदेखि सुमधुर सम्बन्ध कायम रहिआएको र यसलाई अझै प्रगाढ बनाउन कोसिस गरिने बताए ।

भेटका क्रममा राजदूतले कोरियाली लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको काममा भइरहेको ढिलाइबारे चासो राख्नुभएको थियो । आयोजनामा ढिलाइ हुँदालागत बढ्न जानेतर्फ चिन्ता रहेको उनले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ९ : ०१ बजे

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति

स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने

काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३

ससुराको हत्या आरोपमा बुहारी पक्राउ

सुर्खेत । जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी