देउवालाई चिनियाँ प्रधानमन्त्रीले दिए बधाई « Khabarhub

देउवालाई चिनियाँ प्रधानमन्त्रीले दिए बधाई


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा चीनका प्रधानमन्त्री ली खछ्याङले हार्दिक बधाई ज्ञापन गर्दै उनको  कार्यकालको सफलताको कामना गरेका छन् ।

चिनियाँ प्रधानमन्त्रीले आफ्ना नेपाली समकक्षी देउवालाई आज बधाई सन्देश पठाएर चीन र नेपालबीचको रणनीतिक सम्बन्ध र साझेदारी तथा अनन्तकालसम्म रहिरहने मैत्री चिनियाँ चाहना भएको बताएका हुन् ।

सन्देशमा चिनियाँ प्रधानमन्त्रीले वेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)मार्फत सहयोग, कोरोना महामारी नियन्त्रण, त्यसविरुद्धको प्रतिकार्य तथा महामारीका कारण थलिएको अर्थतन्त्रको पुनरुत्थानमा सघाउन चीन क्रियाशील रहने उल्लेख गरेका छन् ।

साथै उनले पारस्परिक हितका खातिर काम गर्न तथा चीन र नेपालबीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ तुल्याउँदै नयाँ उचाइ चुम्ने अभिलाषा प्रकट गरेका छन्।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवालाई उक्त मन्त्रालयमार्फत आफ्ना प्रधानमन्त्रीको सन्देश आजै परराष्ट्रका अधिकारीलाई बुझाएकी हुन् ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ८ : ५५ बजे

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति

स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने

काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३

ससुराको हत्या आरोपमा बुहारी पक्राउ

सुर्खेत । जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी