रक्तदान गर्न हरदम तयार लक्की, आमाकान्छी र कोपिला « Khabarhub

रक्तदान गर्न हरदम तयार लक्की, आमाकान्छी र कोपिला


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चोभारस्थिति ‘स्नेहाज केयर’ मा हाल १७० वटा कुकुर छन् । त्यहाँ आश्रित हरेक कुकुरको आआफ्नै नाम छ र कहानी पनि । स्नेहाज केयरको केयर सेन्टर आश्रित ती कुकुर काठमाडौँलगायत विभिन्न जिल्लाबाट उद्धार गरेर ल्याइएका हुन् ।

स्नेहाज केयरकी सञ्चालिका स्नेहा श्रेष्ठलाई ती सबै कुकुरहरू विषेश लाग्छन् । विषेशमध्येबाट पनि छान्नुपर्‍यो भने उनी लक्की, आमाकान्छी र कोपिलाको नाम लिन्छिन् ।

लक्की, आमाकान्छी र कोपिला साँच्चै विषेश छन् । यी तीन वटाले रगत दान गरेर अरू कुकुरहरूलाई जीवन दान गरेका छन् । यी तीनवटाले हालसम्म २६ वटा कुकुरलाई रगत दान गरेर नयाँ जीवन दिएका छन् ।

स्नेहाका अनुसार यी तीन वटाले केयर सेन्टरभित्रका मात्र नभएर बाहिरका कुकुरलाई पनि रगत दान गरेका छन् । कुकुरका लागि रगत आवश्यक पर्‍यो भनेर कसैले स्नेहाज केयरमा फोन गर्‍यो यी कुकुर तयारी अवस्थामा हुन्छन् । क्लिनिकमा रगत निकाले अर्कोलाई चढाइन्छ ।

स्नेहा भन्छिन्, ‘मेरा लागि सबै कुकुर स्पेसल छन्, त्यसमा पनि यी तीन वटा झनै स्पेसल छन् ।’

स्नेहाले सडकमा छाडिएका कुकुरको उद्धार गर्न थालेको आठ वर्ष नाघेको छ । लक्की, आमाकान्छी र कोपिला केयर सेन्टरमा आएको पनि करिब पाँच वर्ष पूरा भएको छ ।

स्नेहाज केयरले आमाकान्छीलाई करिब पाँच वर्षअघि सिंहदरबार नजिकबाट उद्धार गरेको हो । उसले सडकमै बच्चा पाएपछि सिंहदबारमा काम गर्ने नेपाली सेनाका एक कर्मचारीले केयर सेन्टरलाई फोन गरेर जानकारी गराएका थिए । आठ वटा बच्चासहित आमाकान्छीको उद्धार गरिएको थियो ।

उद्धार गरिएका बच्चामध्ये एउटा मर्‍यो । अरू सात वटा बच्चा कुकुर पाल्न चाहनेहरूले लगे । आमाकान्छीले रगत दान गर्न थालेको चार वर्ष भयो । स्नेहाज केयरभित्रका र बाहिरका पनि कुनै कुकुरलाई रगत आवश्यक परेमा आमाकान्छीले दान गर्छे । आठ वटा बच्चासहित उद्धार गरिएकी हुँदा उसको नाम आमाकान्छी राखिएको स्नेहाले बताइन् ।

लक्की चाहिँ स्नेहाको छिमेकको कुकुर हो । छिमेकीले लक्कीलाई जतिबेला पनि बाँधेर राख्ने गरेका थिए । दिउँसो घरमा कोही पनि नभएका बेला लक्की पीडाले कराउँथी ।

बँधुवा र पीडित अवस्थाको लक्कीलाई देखेर स्नेहाको मन दुख्यो । एक दिन उनले उसलाई सुटुक्क आफ्नो केयर सेन्टरमा ल्याइन् । त्यहाँ ऊ फुकुवा भई । बन्धनबाट फुकुवा हुन पाउने भाग्यमानी भएकाले स्नेहाले उसको नाम लक्की राखिदिइन् ।

पछि स्नेहाज केयरको समाचार आउँदा मिडियाले लक्की र स्नेहाको फोटो राखिदिएछन् । अनिमात्रै छिमिकीले थाहा पाए । साङ्लोमा बाँधिएको कुकुर देख्दा स्नेहाको मन दुख्छ ।

बँधुवा कुकुर मुक्तिको चाहनाले र भोकले कराउँदा त उनी पीडा सहनै सक्दिनन् । यसैले त उनले छिमेकीले थाहै नपाई लक्कीलाई सुटुक्क केयर सेन्टरमा भित्र्याइन् ।

लक्कीले पनि रगत दान गर्न थालेको चार वर्ष भयो ।

कोपिला जातले जर्मन सेफर्ड हो । कोपिला लुतो लागेर शरीरभरि घाउ भएको अवस्थामा सडकमा भेटिएकी थिई । खासमा पाल्नकै लागि कसैले किनेको थियो । लुतो आएपछि उपचार गराउनुको साटो सडकमा छाडिदियो ।

पाँच वर्षअघि कुनै कुकुर प्रेमीले केयर सेन्टरमा ल्याएर छोडिदिएका थिए । ऊ आउँदा शरीर घाउले भरिएको थिए, रौँको नामनिशान थिएन ।

स्नेहाले उपचार गराइन्, निको घाउ निको भएपछि रौँ आउन थाल्यो र शरीर बाक्लो रौँले भरियो । रौँ उम्रिँदै जाँदा स्नेहाले फूलको कोपिलाजस्तो देखिन् अनि नाम राखिदिइन् कोपिला ।

केयर सेन्टरमा आउँदा ऊ करिब ६ महिना उमेरकी थिई ।

स्नेहाका अनुसार रगत दान गर्ने कुकुर निरोगी हुनुपर्छ । कुकुरलाई उपियाँ र किर्नाबाट बचाउनुपर्छ ।

हरेक मानिसको आआफ्नै रुचि हुन्छ, प्रेम र दयाको भाव हुन्छ । धनदौलतले सम्पन्न परिवारका घरभित्र कुकुर जति सम्मानित छ, घरबाहिर सडकमा त्यति नै अपहेलित छ । स्नेहाज केयर यिनै अपहेलितको संरक्षणमा समर्पित छ । स्नेहा कुकुरलाई प्रेम गर्छिन्, माया गर्छिन् र दया गर्छिन् ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ९ : १० बजे

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर