कांग्रेस पौडेल पक्षको निष्कर्ष : माग पूरा हुने सुनिश्चित भयो, महाधिवेशनमा जुटौँ « Khabarhub

कांग्रेस पौडेल पक्षको निष्कर्ष : माग पूरा हुने सुनिश्चित भयो, महाधिवेशनमा जुटौँ


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला सभापतिहरुको माग पूरा हुने सुनिश्चित भएकाले अब महाधिवेशनमा एकजुट हुनुपर्ने निष्कर्ष निकालेको छ ।

धर्नामा बस्दै आएका जिल्ला सभापतिहरु पनि सहभागी भएको पौडेल पक्षको बैठकले संस्थापन पक्षले माग पूरा गर्ने पक्रिया थालेकाले अब एकजुट भएर महाधिवेशनमा ध्यान केन्द्रित गर्ने निर्णय भएको नेता प्रकाशमान सिंहले जानकारी दिए ।

क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्नुपर्ने तथा जिल्ला सभापति उठ्नेको मापदण्ड एउटै हुनुपर्ने मागसहित आन्दोलित भएकाहरुको आंशिक माग पूरा भएपछि अब कसरी अघि बढ्ने भन्नेबारे पूर्वमहामन्त्री सिंहको निवास चाक्सिबारीमा शनिबार बिहान छलफल भएको थियो ।

‘भदौ १८ मा देशभरका सबै ६ हजार ८४३ वटै वडामा अधिवेशन शुरू गर्न संस्थापन पक्ष तयार भएको छ, ४८ जिल्लाको क्रियाशील सदस्यता विवरण पनि सार्वजनिक हुन थालेको छ’, सिंहले भने,’बाँकी जिल्लाको पनि क्रमश सार्वजनिक गर्न दबाब दिँदै अब महाधिवेशनमा एकजुट हुन जिल्ला सभापतिहरुलाई अनुरोध गरिएको छ ।’

जिल्ला सभापतिहरु माग अनुसार नै क्रियाशील सदस्यको नामावली प्रकाशित गरिएको कांग्रेस संस्थापन पक्षले जनाएको छ । प्रारम्भिक चरणमा ४८ जिल्लाका क्रियाशील सदस्यको नाम पार्टी वेबसाइटमा प्रकाशित गरिसकेको र बाँकी क्रमश सार्वजनिक गर्दै जाने काङ्ग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

बैठकमा नेताहरू रामशरण महत, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह, धादिङ सभापति रमेश धमला, काठमाडौं सभापति सबुज बानियाँलगायत थिए ।

जिल्ला सभापतिहरू गत बुधबारदेखि सानेपामा रिले अनसन बसेका छन् । उनीहरुको मागमा पौडेल पक्षले ऐक्यवद्धता जनाएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ११ : ११ बजे

इरानमाथि ठूलो हमलाको योजना तयार, हाइपरसोनिक मिसाइल प्रयोग हुन सक्ने 

एजेन्सी– अमेरिकाले इरानविरुद्ध ठूलो हमलाको योजना तयार गरिरहेको छ ।

अनिश्चित भविष्य बोकेर काम गर्न बाध्य छन् नेपाली श्रमिक 

काठमाडौं– हरेक वर्ष मे १ मा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस

एनएम निर्वाचन : काठमाडौं उपत्यका भित्र आज र भोली मतदान हुँदै 

काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि काठमाडौं

डोजरबाट जोगिन बुद्धनगरबासीले टाँसे लालपूर्जा र नक्सापास (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले आफ्नो घरअगाडि भित्तामा जग्गाको

यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध, आफ्ना नागरिकलाई तत्काल फर्किन आग्रह

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान,