राहत र उद्धारमा सक्रिय हुन गृहमन्त्रीको निर्देशन « Khabarhub

राहत र उद्धारमा सक्रिय हुन गृहमन्त्रीको निर्देशन


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले बर्सात जारी रहेकाले पूर्व तयारी, राहत र उद्धारमा सक्रिय हुन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

विभिन्न प्रदेशका सुरक्षा अधिकारी र प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गर्दै उनले यसअघि विपद्का बेला मातहतका निकायले निर्वाह गरेको भूमिकाको सराहना पनि गरे ।

मानिसको जीउ ज्यानको सुरक्षालाई पहिलो प्राथमितामा राखेर काम गर्न र विपत्तिका बेला उपलब्ध स्रोत तथा साधन उचितरूपले प्रयोग गर्न गृहमन्त्री खाँणले आग्रह गरे ।

अविरल वर्षापछि बाढी, पहिरो र डुबानले प्रदेश–१, प्रदेश–२, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी बलका प्रमुखसँग गृहमन्त्री खाणले छलफल गर्नाका साथै प्रजिअहरू नवलपरासी पूर्वका माया भट्टराई पङ्गेनी, नवलपरासी पश्चिमका धमेन्द्रकुमार मिश्र, रुपन्देहीका आश्मान तामाङ र बाँकेका शिवराम गेलाललाई टेलिफोन गरी वर्षापछिको त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ११ : ४१ बजे

कालीगण्डकीमा आएको बाढीले मिर्मीस्थित पुल बगायो

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।

सुरुआती अग्रता जोगाउन नसक्दा स्पेनसँग हार्यो इङ्ल्यान्ड

लन्डन – युइएफए नेसन्स लिगको रोमान्चक खेलमा इङ्ल्यान्ड विश्व विजेता

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तनहुँ– तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित

बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

बागलुङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका दश वटै पालिकामा नेतृत्व

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली– यही असोज ८ गते बेलुकादेखि १० गतेसम्म परेको अविरल