तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन « Khabarhub

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित भएका छन् । जिल्लाका १० पालिकाका ६४ हजार आठ सय ४२ दशमलव ४८ हेक्टर वन क्षेत्रबाट उनीहरू लाभान्वित भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

वन कार्यालयका प्रमुख मनोज रानाभाटका अनुसार वन क्षेत्रबाट तीन लाख ७९ हजार सात सय १७ जना लाभान्वित भएका छन् । जिल्लाभर छ सय २४ सामुदायिक वन छन् ।

देवघाट गाउँपालिकाका ३९ वनबाट तीन हजार ३५६ परिवार, आँबुखैरेनी गाउँपालिकाका ३४ वनबाट तीन हजार ९९ परिवार, बन्दीपुर गाउँपालिकाका ३८ वनबाट चार हजार ५४९ परिवार, भानु नगरपालिकाका ९६ वनबाट १० हजार ३९० परिवार, व्यास नगरपालिकाका १०९ वनबाट १४ हजार २६४ परिवार लाभाविन्वत भएका छन् ।

यसैगरी, म्याग्दे गाउँपालिकाका ५३ वनबाट छ हजार ६५० परिवार, शुक्लागण्डकी नगरपालिकाका ८५ वनबाट नौ हजार ७७१ परिवार, भिमाद नगरपालिकामा ५० वनबाट चार हजार ६१६ परिवार, घिरिङ गाउँपालिकाका ४९ वनबाट चार हजार १९९ परिवार र ऋषिङ गाउँपालिकाका ७१ वनबाट सात हजार ७३ परिवार लाभान्वित भएका अध्यक्ष रानाभाटले जानकारी दिए ।

ती सामुदायिक वनबाट एक लाख २२ हजार ३९ दशमलव ९९ क्युफिट काठ र एक सय ६३ दशमलव ७६ क्युफिट अन्य वनजन्य वस्तु उत्पादन भएका छन् ।

सामुदायिक वनले स्थानीय समुदायको दाउरा, काठलगायत वन पैदावारको आवश्यकता पूरा गर्नाका साथै वन संरक्षण र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । वनबाट प्राप्त स्रोतको उपयोगसँगै वन संरक्षणमा स्थानीय उपभोक्ताको सहभागिता बढाउन सामुदायिक वन व्यवस्थापन प्रणाली प्रभावकारी माध्यम बनेको अध्यक्ष रानाभाटको कथन छ ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ७ : ४३ बजे

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेनसँग हार्‍याे इङ्ल्यान्ड

लन्डन – युइएफए नेसन्स लिगको रोमान्चक खेलमा इङ्ल्यान्ड विश्व विजेता

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तनहुँ– तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित