ओमानले कोरोनाविरुद्धको खोप लगाउनेको मात्र भिसा नवीकरण गर्ने « Khabarhub

ओमानले कोरोनाविरुद्धको खोप लगाउनेको मात्र भिसा नवीकरण गर्ने


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : ओमानले कोरोनाविरुद्धको खोप नलगाएकाको भिसा नवीकरण नगर्ने भएको छ । ओमानमा आगामी सेप्टेम्बरदेखि भिसा नवीकरण गर्नको लागि कोरोना विरुद्धको खोपको एक डोज लगाएको हुनुपर्ने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार यस्तै अक्टोबरदेखि खोपको दुवै डोज लगाउनेको मात्र भिसा नवीकरण हुने जनाएको छ ।
ओमानमा कोरोना भाइरसको अनुगमन/मुल्याङ्कन गरिरहेको सर्वोच्च कमिटीले भिसा, खोप लगायतका विषयमा पत्रकार सम्मेलन गरी नयाँ निर्णय सार्वजनिक गरेको हो ।

यस्तै, कमिटीका अनुसार २०२१ को जनवरीदेखि जारी गरिएका भिसाको म्याद पनि डिसेम्बरसम्म निःशुल्क थप्न सकिने छ भने नेपालमा रहेकाले आरओपीको वेबसाइटबाट भिसा नवीकरण गर्न जनाएको छ ।

ओमान बाहिर बसेको ६ महिना भन्दा बढी अवधि भएको छ भने रोजगारदाता मार्फत आरओपी कार्यालयमा सम्पर्क गर्नुपर्ने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तो छ ओमान प्रवेश गर्ने नेपालीको लागि नयाँ नियम :

यसैगरी, सेप्टेम्बरदेखि ओमान प्रवेश गर्ने नेपाली यात्रुहरुले त्यहाँको सरकारले मान्यता दिएका खोपको पूर्ण मात्रा जोनसन एण्ड जोनसन बाहेक लगाएको हुनुपर्नेछ । अन्तिम खोप यात्रा गर्नुभन्दा कम्तीमा १४ दिन अगाडि लगाएको हुनुपर्ने दूतावासले जनाएको छ ।

ओमानले फाइजरबायोनटेक, अक्स्फोर्डअस्ट्राजेनेका, गमालेया स्पुतनिक भी, मोडेर्ना, कोभिसिल्ड (भारतमा बनेको), सिनोभ्याक(कोरोनाभ्याक), सिनोफार्म(भेरोसेल) र जोनसन एण्ड जोनसन गरी आठ कम्पनीका खोपलाई मान्यता दिएको छ ।

यात्रा गर्नुपूर्व सबै यात्रुले ट्यारासुद प्लस मोबाइल एप डाउनलोड गरि आफ्नो अन्य विवरण लगायत क्यूआर कोडसहितको खोप लगाएके प्रमाण तथा पीसीआर प्रमाण पत्र समेत अपलोड गर्नुपर्ने दूतावासले जनाएको छ ।

उडान पूर्व ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट हुनुपर्ने व्यवस्थालाई निरन्तरता दिइएको छ भने पीसीआर नेगेटिभ भएकाहरुले क्वारेनटाइन बस्नुपर्ने छैन ।

थप केही समस्या भएमा वा केही बुझ्नुपरेमा दूतावासको सम्पर्क नम्बर २४६९६१७७ र २४६९६८८३ र हटलाइन नम्बर ७१५९२४९० मा फोन गरेर बुझ्न सकिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  १२ : ११ बजे

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

गगनले त्यो दिन सम्झिँदै भने, ‘भदौ २४ गते हाम्रो परिवारलाई घरभित्रै थुनेर आगो लगाइयो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो राजनीतिक संकटका क्रममा

मोरक्कोका दशौँ हजार आप्रवासी रोक्न नसकेको स्पेनले गर्‍यो इटालीका १९९ आप्रवासीको खानतलासी

काठमाडौं– अफ्रिकी मुलुक मोरक्कोबाट केही समयअघि सेउटा छिरेका दशौँ हजार

इतर पक्षलाई गगनको जवाफ,‘मलाई तर्साएर तर्सिन्न, दबाएर दबिन्न, फकाएर फकिन्न’

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई दबाब,

सर्वोच्चको पुनरावलोकन आदेशबारे गगन भन्छन्, ‘शानका साथ अदालत जान्छौँ, आफ्ना कुरा राख्छौँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको दोस्रो विशेष महाधिवेशनसम्बन्धी