पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड दुईघण्टा बन्द « Khabarhub

पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड दुईघण्टा बन्द


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

चितवन– पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज पनि बन्द गरिएकाे छ । सडक खण्डको मझिमटारमा आकाशे पुलको यात्रु आवागमन गर्ने भाग (गर्डर) राख्ने कार्य गर्नुपर्ने भएकाले बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको हो ।

नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पुलको गर्डर राख्ने कार्यका लागि सडक बन्द गरिएको हो । उक्त अवधिमा मलेखु–मुग्लिङ सडकखण्ड भएर आवतजावत गर्ने सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइने उनले जानकारी दिए ।

सडक बन्द रहने समयमा सवारी चालक तथा यात्रुलाई धैर्यतापूर्वक यथास्थानमा रहन, लेन अनुशासन कायम गर्न तथा ट्राफिक नियमको पालना गर्न आयोजनाले अनुरोध गरेको छ । यसअघि सोमबार दिउँसो चार घण्टा सडक बन्द गरेर काम गरिएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ९ : ४१ बजे

कात्तिक १८ देखि २१ गतेसम्म राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप हुने

कास्की– पोखरामा प्रथम संस्करणको राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप–२०२६ आयोजना हुने

छठअघि सिर्सिया नदी सफाइ अभियान

काठमाडौँ– छठ पर्वलाई लक्षित गरी वीरगञ्जस्थित सिर्सिया नदीको सरसफाइ तथा

सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना, एक विदेशीको मृत्यु, एक जना घाइते

सोलुखुम्बु– सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर अवतरणका

पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड दुईघण्टा बन्द

चितवन– पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज पनि बन्द गरिएकाे छ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

काठमाडौँ– काठमाडौँको सुन्दरीजलमा गए राति दुई मोटरसाइकल एकआपसमा ठोक्किएर भएको