लेवनानमा बन्धक नेपाली चेलीको उद्धार « Khabarhub

लेवनानमा बन्धक नेपाली चेलीको उद्धार



दोहा : लेवनानमा बन्धक नेपाली महिलाको उद्धार गरिएको छ ।

एक दशकदेखि एक लेवनानीको घरमा बन्धक भएकी सजिता लामालाई ‘दिस इज लेवनान’ नामक सस्थाको अगुवाइमा उद्धार गरिएको हो ।

उनी काठमाडौँ जोरपाटीस्थित नयाँबस्तीकी रहेको दिइ इज लेवनान संस्थाले जनाएको छ । यो संस्था लेवनानमा समस्यामा परेका मानिसको सहयोगमा जुटेको छ ।

यही संस्थामा जोडिएका दीपेन्द्र उप्रेतीसहितको टोलीले सजिता एक दशकदेखि रोजगारदाता रिचार्ड खौरीको घरमा बन्धक भएको जानकारी पाएपछि उद्धारमा जुटेको थियो । लेवनानको राजधानी बेरूतमा “जर्ज पसल” सञ्चालन गर्दै आएका खौरी र उनकी पत्नी राना जर्मानोसले २०१२ देखि सजितालाई बन्धक बनाएको खुलेको उप्रेतीले बताए ।

उनी बन्धक भएको सूचनाका आधारमा दिस इज लेवनानको पहलमा खौरीको घरमा छापा मारेर उनलाई बन्धन मुक्त गरिएको बताइएको छ ।

रोजगारदाताले उनलाई एक वर्ष ९ महिनाको मात्र तलब दिएको पाइएको छ ।

सेप्टेम्बर २०१० मा त्यहाँ पुगेकी सजिताले ११० महिना (९ वर्ष २ महिना) काम गरेको तलब पाउन बाँकी छ । उनलाई हरेक हप्ता ८० घण्टा काम गराइन्थ्यो । अभियन्ताहरुले अबको आफ्नो लक्ष्य सजिताको बाँकी तलब दिलाउन केन्द्रित हुने बताएका छन् ।

दिस इज लेबनानले सजितालाई उद्धार गरी अहिले सेल्टर हाउसमा राखेको छ । स्वदेश फिर्ता गरी उनको परिवारसँग पुनर्मिलन गराउने  संस्थाले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  १२ : ३४ बजे

जिब्रो छेड्ने जात्रा : सुजनले चौथोपटक जिब्रो छेड्ने

भक्तपुर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २

‘स्टारडम’को आडमा अपराध : सबै बलात्कारी कि समय खराब ?

अभिनेता तथा चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ लाई अमेरिका

बुढीनन्दाको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टीमा कृषि उपज

फेवाताल जग्गा बारे गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’

काठमाडौँ – गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्यांग्रा