अमेरिकी ड्रोन आक्रमणमा ‘आइएस–के समूहका योजनाकार’ को मृत्यु | Khabarhub Khabarhub

अमेरिकी ड्रोन आक्रमणमा ‘आइएस–के समूहका योजनाकार’ को मृत्यु


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा रहेको इस्लामीक स्टेट समूहविरुद्ध हवाई आक्रमण गरेको र उक्त आक्रमणमा इस्लामीक स्टेट खोरसान (आइएस–के) भन्ने समूहका सदस्यहरूको मृत्यु भएको अमेरिकी सेनाले बताएको छ । अमेरिकाले नानगहार प्रान्तमा गरिएको सो कारबाहीमा एउटा ड्रोनको प्रयोग गरिएको शनिबार पुष्टि गरेको छ ।

यसअघि अमेरिकी सैनिकहरूले काबुल विमानस्थलमा सुरक्षा दिइरहेका समय बिहीबार विमानस्थलनजिकै १७० जनाको ज्यान लिने गरी उक्त समूहले आक्रमण गरेको थियो । काबुल विमानस्थल बाहिर उद्धारको पर्खाइमा रहेको महिला, पुरुष र बालबालिकाको भिडमा उक्त आत्मघाती विस्फोटन गराएइको थियो ।

आइएस–केले विमानस्थलमा भएको आक्रमणको जिम्मेवारी लिएको बीबीसीले बताएको छ । सो समूहले काबुल विमानस्थल बाहिर रहेको महिला, पुरुष र बालबालिकाको भिडमा आत्मघाती विस्फोटन गराएको थियो ।

यसैबीच काबुलमा रहेका अमेरिकी अधिकारीहरूले थप आक्रमणहरूलाई ध्यान दिँदै विमानस्थलको प्रमुख क्षेत्रहरूभन्दा परै बस्न नयाँ चेतावनी जारी गरेका छन् ।

त्यस्तै वरिष्ठ तालिबान अधिकारीहरूले उनीहरूले काबुल विमानस्थलको मुख्य भाग नियन्त्रणमा लिएको र अमेरिकीहरू जाने बित्तिकै सम्पूर्ण विमानस्थल कब्जामा लिने बताएका छन् । अमेरिकाले अन्तिम समयसम्म अफगानहरूको उद्धार जारी राख्ने र विमानस्थल अझै पनि आफ्ना फौजको नियन्त्रणमा रहेको बताइरहेको छ ।

अमेरिकाले नानगहारमा गरिएको ड्रोन आक्रमणबारे प्राप्त ‘प्रारम्भिक सङ्केतहरूले’ इस्लामीक स्टेटका सदस्य मारिएको र कुनै पनि गैरसैनिक हताहत नभएको बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले बिहीवारको आत्मघाती आक्रमणमा संलग्न जिहादीलाई अमेरिकाले नछाड्ने बताएको केही घण्टापछि उक्त कारबाही गरिएको छ । इस्लामीक स्टेट समूहको एउटा सानो सङ्गठनका रूपमा रहेको उक्त समूह अफगानिस्तानको सबैभन्दा उग्र र हिंसात्मक जिहादी लडाकू समूह हो । रासस/एएफपी

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  २ : ०३ बजे

आईपीएल : १८० रनको लक्ष्य पछ्याउँदै चेन्नई

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकोता नाइट राइडर्सले

रोहित शर्माद्वारा टेस्ट क्रिकेटबाट सन्न्यास लिएको घोषणा

काठमाडौं – भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट

आभा शाह वर्षकै उत्कृष्ट महिला उद्यमी घोषित

कीर्तिपुर – सिल्बर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टकी सञ्चालक आभा

प्रहरीद्वारा हुन्डीको रकमसहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले रु ४० लाख ३२ हजार ५०० हुन्डीको

अवैध ४५० रोपनी जग्गा प्लटिङ, वन क्षेत्र र सार्वजनिक जग्गा रोक्का

भक्तपुर – सूर्यविनायक नगरपालिका–९ काँक्राबारी रातोमाटेको कहाली लाग्दो अग्लो घिसिङ