स्पुटनिक–भी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको अर्जेन्टिनाको दावी « Khabarhub

स्पुटनिक–भी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको अर्जेन्टिनाको दावी


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्जेन्टिनी औषधी कम्पनी रिचमण्डले कोभिड–१९ विरुद्धको रूसद्वारा विकसित स्पुटनिक–भी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको बताएको छ ।

खोपको उत्पादन उत्पादन मिति शुक्रबार राखिएको छ । कम्पनीले शुक्रबारको अन्ततिर आफ्नो ट्विटर पृष्ठमा लेखेको छ, “अर्जेन्टिनामा ५० लाखभन्दा बढी मात्रा कोभिड–१९ विरूद्धको रूसमा विकसित स्पुतनिक खोप उत्पादन गरेका छौं । हामीले पहिलो चरणमा ११ लाख ७९ हजार ६२५ र दोस्रो चरणमा ३८ लाख ९० हजार मात्रा खोप उत्पादन गरेका छौं ।”

अर्जेन्टिना स्पुटनिक–भी खोपको प्रयोगलाई अनुमोदन गर्ने र उत्पादनलाई स्थानीयकरण गर्ने पहिलो ल्याटिन अमेरिकी देश बनेको छ । अर्जेन्टिनाले गत अप्रिलमा मासिक ४० देखि ५० लाख खोप उत्पादन गर्ने योजना सार्वजनिक गरेको थियो । ल्याटिन अमेरिकी यस मुलुकले कोभिड–१९ विरूद्धको उक्त खोपको वार्षिक उत्पादनलाई ५ करोड मात्रामा वृद्धि गर्ने बताएको छ ।

करिब ४ अर्ब जनसंख्या रहेको विश्वको ७० देशमा स्पुतनिक–भी खोपलाई प्रयोगका लागि स्वकृति प्रदान गरिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  २ : ३३ बजे

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पुल बगायो

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।

सुरुआती अग्रता जोगाउन नसक्दा स्पेनसँग हार्यो इङ्ल्यान्ड

लन्डन – युइएफए नेसन्स लिगको रोमान्चक खेलमा इङ्ल्यान्ड विश्व विजेता

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तनहुँ– तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित

बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

बागलुङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका दश वटै पालिकामा नेतृत्व

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली– यही असोज ८ गते बेलुकादेखि १० गतेसम्म परेको अविरल