विक्की र साराको ‘द इमोर्टल अफ अश्वत्थामा’ लाई ३० करोड नोक्सान « Khabarhub

विक्की र साराको ‘द इमोर्टल अफ अश्वत्थामा’ लाई ३० करोड नोक्सान


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री सारा अली खान स्टारर फिल्म ‘द इमोर्टल अफ अश्वत्थामा’को काम हाललाई रोकिएको छ । लामो समयदेखि चर्चामा रहेको यो फिल्मका निर्माता रोनी स्क्रुवाला निर्माता थिए ।

यो फिल्मलाई अभिनेता विक्कीको करियरकै सबैभन्दा महंगो फिल्म मानिएको थियो । तर निर्माताले बजेट अभावको कारण देखाउँदै फिल्मका सम्पूर्ण कामलाई स्थगित गरेको छ । फिल्ममा विक्की एक सुपरहिरो अवतारमा देखिँदै थिए ।

फिल्मको निर्माण कार्य स्थगित भएपछि निर्मातालाई ३० करोड नोक्सान भएको छ । यो फिल्म बनाउनका लागि विगत दुई वर्षदेखि तयारी भइरहेको थियो । निर्देशक आदित्य धरले फिल्मका लागि लोकेसन हेरिसकेका थिए र उनी लगातार भीएफएक्स टिमसँग काम गरिरहेका थिए ।

‘रोनीले फिल्मको तयारीका लागि राम्रो रकम खर्च गरिसकेका छन् । तर हालमा जब उनले यसको पूरा बजेट जोडे, त्यसपछि मात्र यति धेरै खर्च भएको थाहा पाए । कोभिडका कारण फिल्मले थिएटरमा व्यापार गर्न पाएको छैन । यस्तो अवस्थामा रोनीले जोखिम लिन चाहेनन् । उनी ३० करोड घाटा व्यहोर्न तयार छन् । तर फिल्मको प्रोडक्सनको काम सुरु गरेर अन्य थप रकम खर्चन तयार छैनन्,’ फिल्म निकट स्रोतले भन्यो ।

निर्माताले निर्देशक तथा कलाकारलाई आफूले दोस्रो प्रोजेक्ट सुरु गर्न सक्ने जानकारी दिइसकेका छन् । कोभिड सकिएपछि रोनीले ‘द इमोर्टल अफ अश्वत्थामा’लाई सुरुवात गर्छन् या गर्दैनन् भन्ने प्रतिक्षाको विषय बनेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ४ : ४८ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान