८ जना नेपालीलाई काबुलबाट उद्धार गरियो, ३४ जना पर्खाइमा « Khabarhub

८ जना नेपालीलाई काबुलबाट उद्धार गरियो, ३४ जना पर्खाइमा


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजनीतिक संकटमा फसेको अफगानिस्तानबाट शनिबार थप ८ जना नेपालीको उद्धार गरिएको छ । उद्धारका लागि ४२ जना नेपालीहरु काबुल विमानस्थल नजिकै राखिएकोमा ती मध्ये ८ जनालाई अफगानिस्तानबाट बाहिर निकालिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले भनेको छ, ‘अफगानिस्तानबाट उद्धार गरी नेपाली नागरिकहरूलाई नेपाल फर्काउने प्रकृया जारी रहेको छ। उद्धार हुनेक्रममा थप ८ जना नेपाली नागरिकहरू काबुलबाट प्रस्थान हुनु भएको छ।’ उनीहरुलाई उद्धार गरेर कहाँ पुर्याइयो भन्ने विषयमा भने परराष्ट्रले केही खुलाएको छैन ।

मंगलबार परराष्ट्र मन्त्रालयले काबुल विमानस्थल नजिकै ४२ जना नेपालीलाई उद्धारका लागि राखिएको जनाएको थियो । विहीबार काबुल विमानस्थल बाहिर दुईवटा आत्मघाति बम विस्फोट भएपछि उनीहरुको उद्धारमा समस्या भएको थियो । काबुल आक्रमणमा १३ जना अमेरिकी सैनिकसहित कम्तिमा १७० जनाको मृत्यु भएको छ । नेपालीहरु पनि उद्धारका लागि विमानस्थल नजिकै रहेका बेला सो आत्मघाति आक्रमण भएको थियो ।

परराष्ट्र मन्त्रालयले काबुलमै थप ३४ जना नेपालीहरु उद्धारको पर्खाइमा रहेको जनाएको छ । परराष्ट्रले भनेको छ, ‘काबुलमा उद्धार उडानको पर्खाइमा रहनु भएका ३४ जना नेपाली नागरिकहरुलाई सुरक्षाको दृष्ट्रिकोणले थप सुरक्षित र व्यवस्थित ठाँउमा स्थानान्तरण गरिएको छ । उहाँहरुलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको छ ।’

यसैबीच शनिबार काबुल विमानस्थलमा गोली चलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । विमानस्थलको मुख्य गेटमा गोली चलेको जनाइएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ६ : १५ बजे

सुडानमा सुनखानी भत्किँदा ६० जनाको मृत्यु

खार्तुम- पश्चिमी सुडानको पश्चिम कोर्डोफानस्थित एल–नाहुद सहर नजिकै रहेको अल–जारा सुनखानी

मणिपुरमा पछिल्लो झडपमा दुई महिलाको मृत्यु

नयाँदिल्ली– भारतको उत्तरपूर्वी राज्य मणिपुरमा पछिल्लो तीन सातादेखि जारी जातीय

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले