श्रीलङ्काद्वारा भारतसँगको सीमा नाका खुल्ला « Khabarhub

श्रीलङ्काद्वारा भारतसँगको सीमा नाका खुल्ला


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलङ्काले भारतसँगको सीमा नाका सर्तसहित खुल्ला गरेको छ । कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि बन्द गरिएको सीमा नाका अहिले खुल्ला गरिएको अधिकारीहरुले जनाएका छन् ।

खुल्ला गरिएको नाकाबाट पूर्ण खोप लगाएका र कोरोना नेगेटिभ भएको पीसीआर रिपोर्ट भएका व्यक्तिहरुलाई मात्रै आवतजावत गर्न दिइने भएको छ । यात्रुले पीसीआर रिपोर्ट ७२ घण्टा भित्रको मात्रै देखाउनुपर्ने व्यवस्था गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

सरकारी अधिकारीले जारी गरेको वक्तव्यका अनुसार श्रीलङ्काबाट भारतको चेन्नाइ, मुम्बइ, बेङ्लोरलगायतका क्षेत्रमा हवाई उडान पनि सुरु हुनेछ । त्यसका लागि उडान तालिकासमेत बनिसकेको उनीहरुले जनाएका छन् ।

स्वास्थ्य सुरक्षाको अवस्था, माग, आवश्यकतालगायत आधारमा आवतजावतको तालिका थप विस्तार पनि हुने वक्तव्यमा उल्लेख गरिएको छ । श्रीलङ्कन एयरलाइन्ससहित विभिन्न विमान सेवा प्रदायक कम्पनीले यात्रुका लागि सहुलियत तथा आकर्षक प्याकेज पनि घोषणा गरेको छ ।

श्रीलङ्काबाट भारत जानेभन्दा पनि भारतबाट श्रीङ्का आउनका लागि प्रेरित गर्न खोजिएको र यसले विस्तारै देशको पर्यटन, व्यापार, व्यवसायलाई पुनःउत्थान गर्न सजिलो बनाउने धेरैले विश्वास लिएका छन् । श्रीलङ्का आएकालाई देशको जुनसुकै ठाउँ पनि जान सकिने व्यवस्था गरिएको तर स्वास्थ्य मापदण्ड भने कडाइका साथ पालना गर्नुपर्ने सर्त भने राखिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

श्रीलङ्कामा अहिलेसम्म चार लाख १६ हजार ९६१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये आठ हजार ३७१ जनाको मृत्यु भएको छ । एएनआई

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ९ : ५५ बजे

पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा बस्ती संरक्षण योजना निर्माण भएको

काठमाडौँ उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत

ललितपुर– बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

क्वार्टरफाइनल समीकरण पूरा, कुन टिम कोसँग ?

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको