परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र आर्मेनियाका विदेशमन्त्री अरारात मिर्जोयानबीच भेटवार्ता भएको छ ।

भेटका अवसरमा उनीहरुबीच आपसी हित र चासोका साथै नेपाल र आर्मेनियाबीचको मैत्रीपूर्ण तथा सहकार्यात्मक सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणमा सहकार्य, नवीकरणीय ऊर्जा, सूचना प्रविधि तथा बहुपक्षीय मञ्चहरुमा साझा विषय उठाउने बारेमा विचारविमर्श भएको थियो ।

यस्तै, परराष्ट्रमन्त्री खनाल र संयुक्त अरब इमिरेट्सका विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानबीच पनि भेटवार्ता भएको छ । भेटमा परराष्ट्रमन्त्री खनालले नेपालप्रति सद्भाव दर्शाएर २५ मिलियन अमेरिकी डलर प्रदान गर्ने युएईको प्रतिबद्धताप्रति कृतज्ञता ज्ञापन गरे ।

उनीहरुबीच श्रम, व्यापार, लगानी, पर्यटन, नवीकरणीय ऊर्जा तथा बहुपक्षीय मञ्चहरुमा सहकार्य गर्ने बारेमा छलफल भएको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ८ : ०९ बजे

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित