गौरा औपचारिकतामा सीमित, देखिएन रौनक « Khabarhub

गौरा औपचारिकतामा सीमित, देखिएन रौनक


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- सुदूरपश्चिमेलीको प्रमुख परम्परागत चाड गौरा पर्व शुक्रबार सुदूरपश्चिममा सुरु भएको छ ।

यहाँ हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिनदेखि सुरु हुने गौरा पर्व कोरोना सङ्क्रमणका कारण प्रभावित हुँदै आएको छ । गौरा पर्वको प्रमुख आकर्षणका रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा, धार्मिक ग्रन्थ गाउने गरिन्छ । त्यति मात्रै नभएर सामाजिक विकृति विरुद्ध पनि देउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने प्रचलन छ तर कोरोनाका कारण गौरा औपचारिकतामा सीमित बनेको छ । यहाँ पहाडी जिल्लाका साथै कैलाली र कञ्चनपुरमा गौरामा देउडा खेल्ने र मेलाहरु लाग्ने गर्थे ।

विभिन्न साहित्यिक सङ्घ संस्थाले यहाँ गौरामा देउडा प्रतियोगिता सञ्चालन गर्ने गरेको थिए । गौरा पर्वको पहिलो दिन घरघरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात पाँच प्रकारको अन्न भिजाएर पर्वको थालनी गरिन्छ ।महिलाले व्रत बसेर गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाएका छन् । यिनै पाँच अन्नको मिश्रणलाई ‘बिरुडा’ भन्ने गरिन्छ । महिलाले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामूहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन रहेको महाकाली साहित्य संगमका पूर्वअध्यक्ष वीरबहादुर चन्दले बताए ।

“अहिले कोरोनाका कारण घर÷घरमा पूजापाठ गरेर गौरा मनाइरहेको भएपनि कोरोनाको त्रासदीले सार्वजनिकस्थल, मठमन्दिरमा उल्लासका साथ मनाउन सकिएन”, उनले भने, “महामारीमा भीडभाड नगरेर सामान्य रुपमा मनाउनु पनि राम्रो विषय हो ।”

उनले केही वर्षयता तराइका जिल्ला कैलाली र कञ्चनपुरमा पनि धुमधामका साथ मनाउन थालिएको जानकारी दिए । “विदेशी संस्कृतिको आक्रमणबाट गौरालाई जोगाएर परम्परागत मूल्य र मान्यता बिर्सनु हुँदैन”, उनले भने, “युवा पिढी पनि आफ्नो संस्कृति संरक्षणमा अग्रसर हुनुपर्छ ।”

गौराको सप्तमीका दिन देवीलाई नजिकको मठमन्दिरमा भित्र्याएर पूजा–अर्चना गरी विवाहित महिलाले दुबधागो चढाउने गरिन्छ ।गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौरा मनाउने स्थल गौरा खलोमा पूजाआजा गर्छन् । साँझ पख अभिषेक गरेर दुबधागो घाटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको पुरोहितको भनाइ छ । सोही दिन महिलाले प्रसादका रुपमा बिरुडा ग्रहण गरी आफ्ना घर परिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने चलन छ ।गौरामा खेलिने देउडामा पौराणिक कथा, देवीदेवताका गाथा, धार्मिक ग्रन्थ गाउने गरिन्छ ।

साथै देउडा र धमारी, ढुस्को, होरी खेल खेल्ने गरिन्छ । गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ । गौरा पर्वलाई एकताको पर्वका रुपमा पनि लिइन्छ । गौरा पर्वका लागि काम विशेषले घर बाहिर गएका ब्यक्ति घर फर्किने गर्छन् ।

त्यसैगरी महेन्द्रनगरका साहित्यकार कविराज भट्टले सुदूरपश्चिमका साथै भारतको कुमाउ र कर्णाली प्रदेशमा गौरा पर्व मनाइँदै आएको बताए ।“ जुन महिलाले पुत्रदा एकादशीको ब्रत बस्छन् तिनले मात्रै गौराअष्टमीको ब्रत बस्न पाउने प्रचलन रहेको छ”, उनले भने, “गौराको थुप्रै धार्मिक र आपसी सद्भाव बढाउने विशेषता छन् ।”

गौरा पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ । प्राचीन हैह्यवंशी राजा मध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारीदिएपछि विधवा भएकी ब्राह्मणीले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरुप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको किंवदन्ती छ । रासस

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  १० : ५० बजे

राजुनाथले स्वीकारे : सडक विस्तारका क्रममा सेनासँग केही असहज अवस्था भएको हो

काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का सांसद राजुनाथ पाण्डेले

स्वास्थ्यले भनिन्-  ‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सर्पदंशबाट हुने रोगको

प्रतिनिधिसभा : रेबिज सङ्क्रमण रोकथाम गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी

ग्यास अभावको विषयमा प्रधानमन्त्री कार्यालयमा छलफल, अब प्रति महिना ५० हजार मेट्रिक टन आयात गर्ने

काठमाडौं– पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने

हिक्मत भन्छन् : पार्टीले राजीनामा दिनु भनेको छैन, किन दिने ?

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पार्टीले राजीनामा दिनु भनेर