आईपीएलमा सनराइजर्सले राजस्थानलाई हरायो | Khabarhub Khabarhub

आईपीएलमा सनराइजर्सले राजस्थानलाई हरायो


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले दोस्रो जित निकालेको छ ।

दुबईमा सोमबार राति भएको खेलमा हैदराबादले राजस्थान रोयल्सलाई  ७ विकेटले हराउँदै दोस्रो जित दर्ता गरेको हो।

राजस्थानले दिएको १ सय ६५ रनको लक्ष्य हैदराबादले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

हैदराबादको जितमा डेब्यु खेलाडी जासन रोयले ६० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान केन विलियम्सनले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

राजस्थानका मुस्ताफिजुर रहमान, चेतन शाकरिया र महिपाल लोम्रोरले एक एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो। राजस्थानका लागि कप्तान सन्जु सामसनले ८२ रनको अर्धशतकीय इनिङ्स खेले पनि टिमको हार टरेन ।

जितसँगै हैदराबादको १० खेलमा ४ अंक भएको छ । अझै पनि हैदराबाद पुछारमा नै छ । राजस्थान १० खेलमा ८ अंक जोडेर छैटौँ स्थानमा छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ६ : २० बजे

व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

अत्तरिया– कैलालीमा व्यावसायिक तरकारी खेतीमा किसानले जोड दिन थालेका छन्

प्रधानमन्त्रीको दाबी : यो सरकारले देश र जनताको हितमा ऐतिहासिक काम गरेको छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको

बृखबहादुरको ९०औँ बर्थडे : करोडको जग्गा दान

सुनसरी– धरान १४ विजयपुर बस्ने बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्म

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा

वीरगञ्ज– नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर