मुद्दा मिलाउन तीन लाख मागेको आरोपमा कानून व्यवसायी  पक्राउ « Khabarhub

मुद्दा मिलाउन तीन लाख मागेको आरोपमा कानून व्यवसायी  पक्राउ


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्दामा एक जना कानून व्यवसायीलाई पक्राउ गरेको छ ।

कालिका नगरपालिका–५ पदमपुर बस्ने ५० वर्षीय अधिवक्ता रामचन्द्र देवकोटालाई पक्राउ गरेको हो ।

देवकोटाका विरुद्धमा उजुरी परेपछि प्रहरीले पक्राउ परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले आज जारी गरेको सूचनामा प्रहरीमा परेको उजुरी मिलाइदिन्छु भनी आज आठ जनासँग जनही तीन लाख माग गरेपछि उनीविरुद्ध प्रहरीमा जाहेरी परेको थियो ।

भरतपुर महानगरपालिका–३ बस्ने ४१ वर्षीय राहुल गुप्ताले ठगी उद्योगमा जाहेरी दिएका हुन् । सोपश्चात् देवकोटालाई पक्राउ गरिएको सूचनामा उल्लेख छ ।

सूचनामा भनिएको छ, ‘राहुल गुप्तासमेतका आठ जनाले झुटो विवरण पेश गरी नेपाली लिएको हुँदा निजलाई समेत कारबाही गरी पाऊँ भनी भारत घर भएका सतिशकुमारले यस कार्यालयमा जाहेरी पेश गरेकामा मुद्दा मिलाइदिन्छु भनी रकम माग गरेपछि पक्राउ गरिएको हो ।’

प्रहरीले देवकोटालाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ । मुलुकी अपराध संहिता, २०७४ परिच्छेद–२१ को दफा २४९ ठगी गर्ने व्यक्तिलाई सात वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ । – रासस

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  १० : ५२ बजे

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि