बेलायतमा एकैदिन ३७ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण « Khabarhub

बेलायतमा एकैदिन ३७ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायतमा सोमबार एकै दिनमा ३७ हजार भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । ती सङ्क्रमितहरु पछिल्लो २४ घन्टामा थपिएका समाचारमाा जनाइएको छ । प्राप्त समाचारअनुसार यहाँ आइतबार मात्र ३२ हजार ४१७ जना सङ्क्रमित भेटिएकामा त्यो सख्या बढेर सोमबार ३७ हजार ९६० जना पुगेको हो । यसरी यहाँ हरेक दिन संक्रमितहरु थपिँदै गएको पाइएको छ ।

त्यसै गरी यहाँ गएको २४ घण्टा यतामात्र ४० जनाको यो संक्रमणबाट मृत्यु भएको पनि बताइएको छ । थपिएको यो मृत्युसँगै यहाँ यो संक्रमणबाट ज्यान जानेको संख्या १ लाख ३६ हजार २०८ जना पुगेको पनि बताइएको छ । यहाँ अहिलेसम्म ७६ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

लन्डनमा कोभिड १९ को अवस्था केही हप्ता अघिसम्म सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

अधिकारीहरुले यहाँ पछिल्ला केही दिनयता यहाँ हरेक दिन ३० हजार जना भन्दा पनि बढी संक्रमितहरु थपिने गरेका बताएका छन् । सिन्ह्वा

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ३ : ०१ बजे

कर्णालीमा नसर्ने रोगबाट बालबालिका प्रभावित बन्दै 

सुर्खेत– कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित

टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘एक घर

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न

एलाइट कप क्रिकेट प्रतियोगिता बुधबारदेखि 

मोरङ– कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल