अलपत्र तार व्यवस्थापन गर्न 'पोल भाडा' वृद्धि, इन्टरनटको शूल्क बढाउन प्रस्ताव | Khabarhub Khabarhub

अलपत्र तार व्यवस्थापन गर्न ‘पोल भाडा’ वृद्धि, इन्टरनटको शूल्क बढाउन प्रस्ताव


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले शहरी क्षेत्रका अलपत्र तारहरु व्यवस्थित गर्नका ‘पोल भाडा’ बढाइएको बताएका छन् ।

मंगलबार तराई विकास तथा सञ्चार केन्द्र नेपालले काठमाडौँमा आयोजना गरेको ‘नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चूनौती’ विषयक छलफलमा घिसिङले विद्युतका पोलले धान्नै नसक्ने गरी इन्टरनेटका तारहरु राखिएकाले व्यवस्थित गर्न पोल प्रयोगको भाडा बढाइएको जानकारी दिए ।

उनले इन्टरनेट सेवा प्रदायकमार्फत यसअघि प्राधिकरणले २५ करोड उठाउँदै आएकोमा अब बढेर ५० करोड पुर्‍याइएको बताए ।

अहिले पोलमा रहेका ९५ प्रतिशत तारहरु कामनलाग्ने अवस्थामा रहेको र त्यसलाई निकाल्न इन्टरनेट सेवा प्रदायकले कुनै चासो नदेखाएको समेत बताए ।

कार्यक्रममा इन्टरनेट सेवा प्रदायकका अध्यक्ष सुधिर पराजुलीले प्राधिकरणले ग्राहकका आधारमा नाफा कमाउन पोल प्रयोगको भाडा बढाएको आरोप लगाए ।

उनले यसअघि पोलको भाडा २०५ रुपैयाँ लिइने गरेकोमा अहिले प्रति पोल र प्रतिकिलोमिटरका आधारमा ७५० रुपैया तिर्नुपर्ने अवस्था आएको गुनासो गरे ।

पोल भाडा बढाएसँगै शहरी क्षेत्रमा इन्टरनेट सेवाको मासिक १५० र ग्रामिण क्षेत्रमा ३०० रुपैयाँ बढाउन आफूहरुले प्रस्ताव गरेको उनको भनाइ छ ।

यसअघि प्राधिकरणले विद्युत् पोल र ओपीजीडब्ल्यु केबलको भाडादर बढाउने निर्णय गरेको थियो । त्यस्तै कार्यक्रमका सहभागीहरुले नेपालमा सूचना प्रविधि प्रयोग बढ्दै जाँदा गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ६ : १८ बजे

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका

सामुदायिक रेडियोलाई सरकारले सिध्याउन खोज्यो : अकोराव

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का