अलपत्र तार व्यवस्थापन गर्न ‘पोल भाडा’ वृद्धि, इन्टरनटको शूल्क बढाउन प्रस्ताव « Khabarhub

अलपत्र तार व्यवस्थापन गर्न ‘पोल भाडा’ वृद्धि, इन्टरनटको शूल्क बढाउन प्रस्ताव


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले शहरी क्षेत्रका अलपत्र तारहरु व्यवस्थित गर्नका ‘पोल भाडा’ बढाइएको बताएका छन् ।

मंगलबार तराई विकास तथा सञ्चार केन्द्र नेपालले काठमाडौँमा आयोजना गरेको ‘नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चूनौती’ विषयक छलफलमा घिसिङले विद्युतका पोलले धान्नै नसक्ने गरी इन्टरनेटका तारहरु राखिएकाले व्यवस्थित गर्न पोल प्रयोगको भाडा बढाइएको जानकारी दिए ।

उनले इन्टरनेट सेवा प्रदायकमार्फत यसअघि प्राधिकरणले २५ करोड उठाउँदै आएकोमा अब बढेर ५० करोड पुर्‍याइएको बताए ।

अहिले पोलमा रहेका ९५ प्रतिशत तारहरु कामनलाग्ने अवस्थामा रहेको र त्यसलाई निकाल्न इन्टरनेट सेवा प्रदायकले कुनै चासो नदेखाएको समेत बताए ।

कार्यक्रममा इन्टरनेट सेवा प्रदायकका अध्यक्ष सुधिर पराजुलीले प्राधिकरणले ग्राहकका आधारमा नाफा कमाउन पोल प्रयोगको भाडा बढाएको आरोप लगाए ।

उनले यसअघि पोलको भाडा २०५ रुपैयाँ लिइने गरेकोमा अहिले प्रति पोल र प्रतिकिलोमिटरका आधारमा ७५० रुपैया तिर्नुपर्ने अवस्था आएको गुनासो गरे ।

पोल भाडा बढाएसँगै शहरी क्षेत्रमा इन्टरनेट सेवाको मासिक १५० र ग्रामिण क्षेत्रमा ३०० रुपैयाँ बढाउन आफूहरुले प्रस्ताव गरेको उनको भनाइ छ ।

यसअघि प्राधिकरणले विद्युत् पोल र ओपीजीडब्ल्यु केबलको भाडादर बढाउने निर्णय गरेको थियो । त्यस्तै कार्यक्रमका सहभागीहरुले नेपालमा सूचना प्रविधि प्रयोग बढ्दै जाँदा गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ६ : १८ बजे

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

काठमाडौँ– मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो