आफ्नै ‘गर्लफ्रेण्ड’ लाई ब्रिटिश लाहुरे बनेर ठगेपछि… « Khabarhub

आफ्नै ‘गर्लफ्रेण्ड’ लाई ब्रिटिश लाहुरे बनेर ठगेपछि…


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामाजिक सञ्जालको प्रयोग अत्यिधिक भएसँगै यसको माध्यमबाट हुने अपराधका घटनामा पनि वृद्धि भएको छ । सामाजिक सञ्जालको दुरुपयोग गरे आफ्नै चिनजानका मानिसहरुलाई पनि ठग्ने घटना बढिरहेका बेला यस्तै प्रकृतिको एक ठगी घटनाको खुलासा भएको छ ।

भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौँ बुढानिलकण्ठ बस्ने ३१ वर्षीय केदार राई आफ्नै केटीसाथीलाई ठगेको आरोपमा पक्राउ परेका छन् । उनले उनले फेसबुकको फेक आईडी बनाएर आफ्नै केटी साथीसँग च्याटमार्फत ठग्ने योजना बनाएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

प्रहरीका अनुसार राईले केटी साथीलाई आफू बेलायतको लाहुरे भएको भन्दै बिहेको प्रस्ताव गरेका थिए । पीडितलाई विश्वास दिलाएपछि आमाको उपचारको बाहाना बनाएर उनले पीडितबाट नगद रु १,६०,५००, सुनको बेरुवा औठी, सुनको लकेट सहितको सिक्री लिएको उजुरी परेको छ ।

उनले फेसबुक म्यासेन्जरमा आमाको उपचार ग्राण्डी अस्पतालमा भइरहेको भन्दै पैसा मागेको र सो पैसा आफ्नो दाइलाई दिन भनेको पीडितले प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ । प्रहरीले यो प्रकरणमा अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ६ : २६ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै