दुवई पुगेर श्रम मन्त्री श्रेष्ठले भने, ‘वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउँछु’ « Khabarhub

दुवई पुगेर श्रम मन्त्री श्रेष्ठले भने, ‘वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउँछु’


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ ‘किसान’ले वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन पहल गर्ने बताएका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई)मा सोमबारदेखि जारी छैटौँ श्रम मन्त्री स्तरीय ‘आबुधावी डाइलग’ मा  सहभागी हुन पुगेका मन्त्री श्रेष्ठ र नेपाली समुदायका प्रतिनिधिहरू बिच बुधवार साँझ नेपाली दूतावासमा भएको छलफलमा उनले यस्तो बताएका हुन् ।

त्यस क्रममा उनले मन्त्रालयले निकट भबिष्यमा नै ठोस् कदम चाल्ने र रोजगारीलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । छलफलमा मन्त्री श्रेष्ठसँग नेपाली समुदायका प्रतिनिधिहरूले पछिल्लो समय विभिन्न एजेन्टहरूले मोटो रकम लिएर युएईमा भिजिट भिसामा नेपाली श्रमिकहरू ल्याएर अलपत्र पार्ने क्रम बढेको भन्दै त्यस्ता गिरोहलाई पहिचान गरी सरकारले कडा कारबाही गर्नुपर्ने माग गरेका थिए ।

यसै गरी युएईको विभिन्न जेलहरूमा बन्दी जीवन बिताइरहेका नेपालीहरूको उद्दार कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो । जवाफमा मन्त्री श्रेष्ठले यी सबै समस्याको समाधान गर्न आफूले सक्दो पहल गर्ने जवाफ दिएका छन् ।

मन्त्री श्रेष्ठसहित श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव डा. थानेश्वर भुसाल यतिबेला युएईमा छन् । मन्त्री सहितको टोलीले आज दुबईमा जारी दुबई एक्पो २०२० को अवलोकन गर्ने कार्यक्रम रहेको नेपाली दूतावास अबुधाबीले जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ८ : ०४ बजे

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।