दुवई पुगेर श्रम मन्त्री श्रेष्ठले भने, ‘वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउँछु’ « Khabarhub

दुवई पुगेर श्रम मन्त्री श्रेष्ठले भने, ‘वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउँछु’


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ ‘किसान’ले वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन पहल गर्ने बताएका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई)मा सोमबारदेखि जारी छैटौँ श्रम मन्त्री स्तरीय ‘आबुधावी डाइलग’ मा  सहभागी हुन पुगेका मन्त्री श्रेष्ठ र नेपाली समुदायका प्रतिनिधिहरू बिच बुधवार साँझ नेपाली दूतावासमा भएको छलफलमा उनले यस्तो बताएका हुन् ।

त्यस क्रममा उनले मन्त्रालयले निकट भबिष्यमा नै ठोस् कदम चाल्ने र रोजगारीलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । छलफलमा मन्त्री श्रेष्ठसँग नेपाली समुदायका प्रतिनिधिहरूले पछिल्लो समय विभिन्न एजेन्टहरूले मोटो रकम लिएर युएईमा भिजिट भिसामा नेपाली श्रमिकहरू ल्याएर अलपत्र पार्ने क्रम बढेको भन्दै त्यस्ता गिरोहलाई पहिचान गरी सरकारले कडा कारबाही गर्नुपर्ने माग गरेका थिए ।

यसै गरी युएईको विभिन्न जेलहरूमा बन्दी जीवन बिताइरहेका नेपालीहरूको उद्दार कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो । जवाफमा मन्त्री श्रेष्ठले यी सबै समस्याको समाधान गर्न आफूले सक्दो पहल गर्ने जवाफ दिएका छन् ।

मन्त्री श्रेष्ठसहित श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव डा. थानेश्वर भुसाल यतिबेला युएईमा छन् । मन्त्री सहितको टोलीले आज दुबईमा जारी दुबई एक्पो २०२० को अवलोकन गर्ने कार्यक्रम रहेको नेपाली दूतावास अबुधाबीले जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ८ : ०४ बजे

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा