वाग्मती प्रदेशमा नयाँ सरकार आज, राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै « Khabarhub

वाग्मती प्रदेशमा नयाँ सरकार आज, राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा – कुनै नाटकीय राजनीतिक खेल नभए आज नेकपा एकीकृत समाजवादी प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै छन्।

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधवार राजीनामा दिएपछि त्यसको भोलिपल्ट चार दलीय गठबन्धनका तर्फबाट पाण्डे मुख्यमन्त्री बन्ने भएका हुन् ।

गठबन्धनले हिजै ५९ प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेस गरिसकेको छ। मुख्यमन्त्री दाबीका लागि हस्ताक्षर गर्नेहरूमा माओवादी केन्द्रका २३, नेपाली काङ्ग्रेसका २२, नेकपा एकीकृत समाजवादी (एस)का १३ र जनता समाजवादी पार्टी (जसपा)का १ सदस्य छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले दलहरूलाई मुख्यमन्त्रीमा दाबी गर्न आज दिउँसो ३ बजेसम्मको समय दिएका छन्। तर पाण्डेबाहेकको दाबी पेस हुने सम्भावना छैन ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने भएकाले पाण्डे नै मुख्यमन्त्री बन्ने पक्का जस्तै छ ।

पार्टी विभाजनपछि सङ्घमा मात्रै होइन प्रदेशमा पनि एमालेले सत्ता गुमाउँदै गइरहेको छ ।

 

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ९ : ०५ बजे

कञ्चनपुरमा महिला मतदाता बढी

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको

आईसीसी महिला टी–२० छनोट : थाइल्याण्डसँग नेपाल पराजित

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल

पहिलो पटक घण्टीघरमा प्रवेश गर्दै बालेन्द्र, रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह केन्द्रीय कार्यालय

गैँडाकोटबाट नारायणीमा ‘राइनो क्रुज’ सञ्चालन हुँदै

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘राइनो क्रुज’

सर्वोच्चपछि सडकतिर पनि आधिकारिकता खोज्दै देउवा समूह (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसबाट आधिकारिकता गुमाएको शेरबहादुर देउवा समूह सर्वोच्च अदालतपछि