उपमेयर कपमा तीन खेल हुँदै, पहिलो खेलमा सिमकोट र काठमाडौं भिड्दै « Khabarhub

उपमेयर कपमा तीन खेल हुँदै, पहिलो खेलमा सिमकोट र काठमाडौं भिड्दै


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा आज बिहीबार तीन खेल हुँदैछ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मा हुने पहिलो खेलमा अहिले हुम्लाको सिमकोट गाउँपालिका र काठमाडौं महानगरपालिका भिड्दैछ ।

समूह ‘इ’अन्तर्गतको सो खेल प्रतियोगिताको दोस्रो दिन हुनुपर्ने तालिका रहेपनि प्राविधिक कारणले रोकिएपछि ११ गतेको लागि सारिएको थियो ।

यसअघि काठमाडौं महानगरपालिकाले समूहको पहिलो खेलमा इलामको रोङ गाउँपालिकासँग बराबरी खेल्दै अंक बाँडेको थियो । रोङ गाउँपालिकाले पनि सिमकोट गाउँपालिकाविरुद्ध जित निकाल्दै दुई खेलबाट चार अंक जोडेको रोङ समुहको शीर्षस्थानमा छ ।

आजको दोस्रो खेल दिउँसो १२ बजे समूह ‘आइ’ अन्तर्गत सुनसरीको बराहक्षेत्र नगरपालिका र कञ्चनपुरको वेदकोट नगरपालिकाबीच हुनेछ । दुवै टोलीको यो पहिलो खेल हो ।

अन्तिम खेल दिउँसो ३ बजे धरान उपमहानगरपालिका र सुनकोशी गाउँपालिकाबीच हुनेछ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ९ : ३० बजे

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।