एनआरएनले दर्ता गर्यो फाउण्डेशन, अध्यक्षमा जीवा लामिछाने « Khabarhub

एनआरएनले दर्ता गर्यो फाउण्डेशन, अध्यक्षमा जीवा लामिछाने


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गैरआवासीय नेपाली संघले एनआरएन फाउण्डेशन दर्ता गरेको छ ।

नेपालमा सामाजिक तथा अन्य परोपकारी कार्य गर्ने उद्देश्यले एनआरएन फाउण्डेशन नामक गैरनाफामूलक संस्था नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भएको संघले जनाएको छ ।

फाउण्डेशनको पहिलो बैठकले जीवा लामिछानेलाई फाउण्डेशनको अध्यक्षमा चयन गरेको छ । सदस्यमा संरक्षक राम प्रताप थापा (जर्मनी), पूर्वसंरक्षक इन्द्रा वन (अष्ट्रेलिया) र अभियन्ता पुरु श्रेष्ठ (अमेरिका)लाई मनोनित गरिएको छ ।

फाउण्डेशनका संस्थापक सदस्यमा गैरआवासीय नेपाली संघतर्फबाट अध्यक्ष कुमार पन्त, संघका संरक्षक तथा पूर्वअध्यक्ष जीवा लामिछाने, संस्थापक महासचिव भीम उदास, पूर्व सल्लाहकार कुलचन्द्र गौतम र एकनाथ खतिवडा, नेपाल सरकारका पूर्वमुख्यसचिव लिलामणि पौड्याल र अभिनेत्री मनिषा कोइराला रहेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ९ : ५९ बजे

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।