एनआरएनले दर्ता गर्यो फाउण्डेशन, अध्यक्षमा जीवा लामिछाने « Khabarhub

एनआरएनले दर्ता गर्यो फाउण्डेशन, अध्यक्षमा जीवा लामिछाने


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गैरआवासीय नेपाली संघले एनआरएन फाउण्डेशन दर्ता गरेको छ ।

नेपालमा सामाजिक तथा अन्य परोपकारी कार्य गर्ने उद्देश्यले एनआरएन फाउण्डेशन नामक गैरनाफामूलक संस्था नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भएको संघले जनाएको छ ।

फाउण्डेशनको पहिलो बैठकले जीवा लामिछानेलाई फाउण्डेशनको अध्यक्षमा चयन गरेको छ । सदस्यमा संरक्षक राम प्रताप थापा (जर्मनी), पूर्वसंरक्षक इन्द्रा वन (अष्ट्रेलिया) र अभियन्ता पुरु श्रेष्ठ (अमेरिका)लाई मनोनित गरिएको छ ।

फाउण्डेशनका संस्थापक सदस्यमा गैरआवासीय नेपाली संघतर्फबाट अध्यक्ष कुमार पन्त, संघका संरक्षक तथा पूर्वअध्यक्ष जीवा लामिछाने, संस्थापक महासचिव भीम उदास, पूर्व सल्लाहकार कुलचन्द्र गौतम र एकनाथ खतिवडा, नेपाल सरकारका पूर्वमुख्यसचिव लिलामणि पौड्याल र अभिनेत्री मनिषा कोइराला रहेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ९ : ५९ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको