आर्यनसँग सेल्फी लिने किरण गोसावी पक्राउ « Khabarhub

आर्यनसँग सेल्फी लिने किरण गोसावी पक्राउ


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बीबीसी)– बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानमाथि चलिरहेको लागुऔषध मामलामा नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसीबी)ले स्वतन्त्र साक्षी किरण गोसावीलाई पुणे सिटी प्रहरीले पक्राउ गरेको छ ।

किरण गोसावी निजी(स्वघोषित) जासूस हुन् र आर्यन मामलामा एनसीबीले उनलाई स्वतन्त्र साक्षी बनाएको थियो । गोसावीलाई पुणे प्रहरीले सन् २०१८ को एक धोखाधडी मुद्धामा पक्राउ गरेको हो ।

आर्यन पक्राउ परेपछि आर्यनसँग किरणको एक सेल्फी तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो । यो सेल्फी पछि किरणको अवस्था अज्ञात थियो ।

यो तस्वीरपछि आर्यन मामलामा किरणको भूमिकालाई लिएर प्रश्न उठिरहेको थियो । उनी उत्तर प्रदेशमा रहेको र उनले यूपी प्रहरीसँग आत्मसमर्पण गर्ने कुरा गरेको खुल्न आएको थियो । यद्यपि बुधबार उनी पुणे गए र उनले समाचार च्यानलसँग आफू मुम्बईमा एनसीबी अधिकारीहरु समक्ष पेश हुने जानकारी दिएका थिए ।

एनसीबीको रेडमा किरणको सहभागिता लिएर प्रश्न उठेको थियो । पुणेमा कस्बा पीठ इलाकाको चिन्मय देशमुखले किरणविरुद्ध सन् २०१८, मे २९ मा फरास्खाना प्रहरी स्टेसनमा एफआईआर दर्ता गराएका थिए । एफआईआरअनुसार गोसावीले सामाजिक सञ्जालमा होटल मेनेजमेन्टको जागिरका लागि विज्ञापन पोस्ट गरेका थिए र देशमुख यही जागिरको लागि उनको सम्पर्कमा आएका थिए ।

देशमुखका अनुसार किरणले देशमुखलाई मलेशियामा जागिर लगाइदिने आश्वासन दिएका थिए । जसको बदलामा आफ्नो खातामा ३ लाख ९ हजार रुपैंयाँ पठाउन भनेका थिए । तर किरणले पैसा त लिए, देशमुखले जागिर पाएनन् । देशमुखले किरणलाई पैसा माग्दा पैसा पनि फिर्ता दिएनन् । त्यहीकारण किरणविरुद्ध प्रहरीले आईपीसीको सेक्सन ४१९ र ४२० अनुसार उजुरी दिएका हुन् ।

अक्टोबर १३ मा पुणे सिटी प्रहरीले किरणविरुद्ध लुकआउट नोटिस जारी गरेको थियो ताकि उनी देश छोडेर बाहिर जान नसकुन् । यसै महिनाको अक्टोबर १८ मा प्रहरीले शरहबानो कुरैशीलाई मुम्बईको गोवाडीस्थित उनकै निवासमा पक्राउ गरेको थियो । त्यो समयमा बानो किरणको सहायक थिइन् । उनी पक्राउ परेपछि देशमुखको पैसा बानोको खातामा आएको खुलेको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ११ : १६ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर