समुद्री ह्वेलले किन गर्छन् मानिसको शिकार « Khabarhub

समुद्री ह्वेलले किन गर्छन् मानिसको शिकार


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समयमा समुद्री ह्वेलले मानिसहरुलाई आक्रमणको निशाना बनाउन थालेका छन् । विशेषतः समुद्रमुनी अनुसन्धान र साहसिक गतिविधिमा जाने मानिसहरु ह्वेलको आक्रमणमा पर्ने गरेका छन् ।

तर, यस्तो आक्रमण बढ्नुमा ह्वेल माछा आफै झुक्किएर हो । उनीहरुले मानिसलाई समुद्री जनाबर सिल जस्तो मानेर आक्रमण गरेका हुन् । सिल सेता ह्वेल माछाको मन पर्ने शिकार हो ।

सेता ह्वेलले मानिसहरुलाई आक्रमण गरेपछि अस्ट्रेलियाका वैज्ञानिकहरुको एउटा समूहले यसबारेमा एउटा अध्ययन पनि गरेका थिए । उनीहरुले पौडी खेल्ने र सर्फबोर्ड चलाएका व्यक्तिहरुको भिडियो फुटेज अध्ययन गरेका थिए । सर्फबोर्ड समुद्रमा तैरिदा र हिउँमा स्केटिङ गर्दा प्रयोग हुन्छ ।

वैज्ञानिकहरुले भिडियो फुटेजलाई विभिन्न कोणबाट अवलोकन गरेका थिए । अवलोकन गर्दा मानिस र सील दुरुस्तै देखिएका थिए । पानीमुनिको सतहबाट हेर्दा पनि सील र मानिसलाई छुट्टाउन वैज्ञानिकलाई नै हम्मे परेको थियो । मानिस र सीलबीचको आकार पनि दुरुस्तै देखिएको थियो ।

‘वास्तवमा ह्वेलले मानिसलाई मार्ने रहेनछ , बरु सील जस्तो लागेर उनीहरुले आक्रमण गर्दा रहेछन,’ अनुसन्धान टोलीकी नेतृ डा. लाउरा रायन भन्छिन् ।

अनुसन्धानकर्ताहरू विशेषत सेता सार्कमा केन्द्रित भएर अध्ययन गरेका थिए । यो पनि विश्वास गरिन्छ की सार्कले अन्य प्राणीले जस्तो रंग छुट्टाउन सक्दैनन् । अर्थात उनीहरुमा रंग छुट्टाउने क्षमता सीमित हुन्छ । ‘रंग छुट्टाउने उनीहरुको क्षमता हाम्रो भन्दा कमजोर हुन्छ,’ रायन भन्छिन् ।

सार्क जब बढ्दै जान्छ, उसका आँखा ठूलो हुन्छ । आँखा ठूलो भएपछि उनीहरुको फोकस एउटा भन्दा पनि धेरै बस्तुमा हुने गर्छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  १२ : २६ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी