नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ « Khabarhub

नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले पक्राउ गरेको छ। निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई मंगलबार दिउँसो काठमाडौंको टेबहालबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार सो पार्टीले निर्वाचन बहिष्कारको घोषणा गर्दै विरोधका कार्यक्रम अघि बढाएपछि बाँस्तोलालाई पक्राउ गरिएको हो। पार्टीका अन्य केही नेताहरू पनि निगरानीमा रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

यस्तै, दुर्गा प्रसाईं निकट एसपी साहलाई पनि मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ। उनीमाथि पनि निर्वाचन अवरोध गर्ने गतिविधिमा संलग्न भएको आरोप छ।

यसअघि सोमबार प्रहरीले दुर्गा प्रसाईंलाई समेत पक्राउ गरेको थियो। उनलाई चार दिनसम्म थुनामा राख्न जिल्ला प्रशासन कार्यालयबाट म्याद लिइएको छ।

सरकारले निर्वाचनविरोधी गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ७ : ५७ बजे

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत