सिरियामा मानवीय सहायताको खाँचो : राष्ट्रसंघ « Khabarhub

सिरियामा मानवीय सहायताको खाँचो : राष्ट्रसंघ


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संयुक्त राष्ट्रसंघले सिरियामा आगामी जाडो याममा थप सहायताको खाँचो रहेको संयुक्त राष्ट्र संघले जनाएको छ ।

सिरियाको उत्तर पश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको संयुक्त राष्ट्रसंघले यसअघि नै जनाएको थियो । संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन गिरिफिथले सिरियामा तत्कालै मानवीय सहायता आवश्यक रहेको बताउँछन् ।

सिरियाको उत्तरपश्चिमी क्षेत्रका मानिसलाई अहिले खाना, औषधि तथा अन्य आधारभूत तथा अत्यावश्यकताका सामग्रीहरुको खाँचो रहेको कुरा गिरिफिथले बताए । उनले जाडो याममा थप नागरिक संकटमा पर्नसक्ने भन्दै  मानवीय सहायताको खाँचो रहेको बताए ।

यसअघि संयुक्त राष्ट्रसंघले सिरियाको उत्तरपश्चिम क्षेत्रमा बसोबास गरिरहेका ३४ लाख नागरिकमध्ये ९० प्रतिशतलाई मानवीय सहायताको खाँचो रहेको बताएको छ ।

मानवीय सहायता प्रमुख गिरिफिथले यहाँ एक करोडभन्दा बढी मानिसमा यस्तो सहायता चाहिएको बताए । ती नागरिकहरु सिरियामा करिब एक दशकको समयमा द्धन्द्धको चपेटामा परेका छन् । सिरियामा अहिले आर्थिक संकट थपिएकोले यहाँका नागरिकहरु खाना र बासकै समस्यामा परेका बताइएको छ । ती क्षेत्र बढी मात्रामा द्वन्द्वग्रस्त क्षेत्रहरु पनि भएकोले गर्दा सरकारले पनि सहायता सामग्री पुर्‍याउन सकिरहेको छैन ।

सिरियामा सन् २०११ देखि नै राष्ट्रपति असदका विरुद्धमा जनआन्दोलन चर्किएको थियो । सिरिया लामो समयदेखि हिंसा जारी छ । जसका कारण यहाँका लाखौँ नागरिक हिंसाको चपेटमा परेका छन् । यहाँका लाखौँ नागरिक विस्थापित  हुन पुगेका छन् भने चार लाख भन्दा बढी नागरिकले गृहयुद्धमा परेर ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  १ : ०१ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा