नक्कली नोटसहित एक पक्राउ « Khabarhub

नक्कली नोटसहित एक पक्राउ


११ कार्तिक २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- नक्कली नोटसहित फेरि एकजना पक्राउ परेका छन् ।

जिल्लाको गौशाला बजारमा आज बिहान प्रहरीले नक्कली नोटसहित गौशाला नगरपालिका–९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई पक्राउ गरेको हो ।

यसअघि गत असोजमा पनि गौशाला नजिककै औरहीबजारबाट प्रहरीले नक्कली नोटसहित तीनजनालाई नियन्त्रणमा लिएको थियो । आज पक्राउ परेका महतोको गौशालाबजारस्थित डेराबाट रू आठ लाख ९७ हजार ४३५ नेपाली र रू दुई लाख ८० हजार ९२९ भारती नोट प्रहरीले बरामद गरेको छ ।

बजारमा तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएको आशङ्कामा प्रहरीले महतोलाई नियन्त्रणमा लिई उनको डेरा खानतलासी गर्दा सो रकम फेला परेको गौशालास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । बरामद नोटमध्ये कति सक्कली र कति नक्कली हुन् भन्ने विज्ञबाट ठहर गराइने प्रहरी निरीक्षक विष्णुप्रदीप वस्यालले जानकारी दिए ।

पक्राउ परेका महतोलाई बरामद नोटसहित जिल्ला प्रहरी कार्यालय पठाइएको छ । आज पक्राउ परेका महतो भारत÷ नेपाल दुवैतिरका तरकारी व्यापारी रहेका र उनलाई र  उनीसँग बरामद नोट जलेश्वरमै सार्वजनिक गरिने प्रहरीको तयारी छ । गौशाला र औरही बजार भारतीय बजारसँग जोडिएका जिल्लाका हुन् ।

आज बरामद नोटमध्ये कतिवटा सक्कली र कतिवटा नक्कली भन्ने एकीन गर्न बाँकी रहेपनि गत असोजमा भने हजार दरका २२ वटा नक्कली नोट रहेको पुष्टि भएको थियो ।

सामान्य प्रचलनमा रहेका नेपाली एकहजार दरका नोटभन्दा छाम्दा पातलो लाग्ने र रङसमेत अलि फिका देखिने नक्कली नोट चासो दिने सामान्य व्यक्तिले पनि सजिलै छुट्याउन सक्ने प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  १ : १२ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं