उपमेयर कप : काठमाडौँ महानगरको शानदार जित « Khabarhub

उपमेयर कप : काठमाडौँ महानगरको शानदार जित


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  उपमेयर कप राष्ट्रिय महिला लिग छनौटमा काठमाडौं महानगरपालिका विजयी भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा काठमाडौंले सिमकोट गाउँपालिकालाई ९-० गोलको फराकिलो जित हात पार्‍यो ।

काठमाडौंको जितमा जेनिफर रानाले एक्लैले ४ गोल गरिन् । सरस्वती आयरले ह्याट्रिक पूरा गर्दा गरिमा राई र मनिषा थापा मगरले एक एक गोल गरे ।

जितसँगै समूह ई को काठमाडौंले २ खेलमा ४ अंक जोड्यो । तर, काठमाडौंले नकआउट चरणमा स्थान बनाउन सकेन । यस समूहबाट इलामको रोङ गाउँपालिकाले नकआउट चरणमा स्थान बनाइसकेको छ । रोङ समान अंक भए पनि गोल अन्तरमा अघि रहदै नकआउटमा पुगेको हो ।

प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  १ : ४५ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी