चैत्रभित्र सबै नेपालीलाई खोप लगाइसक्ने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन « Khabarhub

चैत्रभित्र सबै नेपालीलाई खोप लगाइसक्ने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले चैत्र मसान्तसम्म सबै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्यमा केन्द्रित हुन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

बिहीबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले समन्वय केन्द्र, स्वास्थ्य मन्त्रालय र मातहतका सबै निकायलाई खोपको सुनिश्चितताका लागि निर्देशन दिएका हुन् ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत कोभिड–१० सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) गठन गरेको थियो । तर, सो अध्यादेश निष्क्रिय भएपछि देउवा सरकारले गठन आदेशमार्फत प्रधानमन्त्रीको संयोजकत्वमा कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र गठन गरेको थियो ।

यस्तै बैठकमा कोरोना महामारीको अवस्था, चाडवाडका बेला बढ्न सक्ने सङ्क्रमणलगायतका विषयमा पनि छलफल भएको छ ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कुल जनसङ्ख्याको ३४ प्रतिशतले कोभिडविरुद्ध खोपको पहिलो मात्रा र २२ प्रतिशतले दुवै मात्रा खोप लगाएको बारे प्रधानमन्त्री देउवालाई जानकारी गराएको छ।

देउवाले प्रधानमन्त्री भएपछि प्रतिनिधिसभा बैठकमा गरेको पहिलो सम्बोधनमा चैत्रभित्र सबै नेपाली नागरिकलाई खोप लगाइसक्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  १ : ५२ बजे

नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ

काठमाडौं– नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले पक्राउ गरेको छ।

हारजितको अनुमान र मत सर्वेक्षणप्रति निर्वाचन आयोगको ध्यानाकर्षण

काठमाडौं– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले हारजितको अनुमान

रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै

एजेन्सी– रूस र यूक्रेनबीचको युद्ध नजिकिँदै चार वर्षपछि फेरि अमेरिकाको

प्रसाईँलाई रिहा गर्न राप्रपाले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक