निर्मातासँग नसुत्दा फिल्मबाट निकालिइन् इशा « Khabarhub

निर्मातासँग नसुत्दा फिल्मबाट निकालिइन् इशा


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– बलिउड अभिनेत्री इशा गुप्ताले आफ्नो अभिनय डेब्यू इमरान हासमीसँग फिल्म ‘जन्नत २’बाट गरेकी थिइन् । यसपछि उनी ‘राज घडी’, ‘हमशक्ल’, ‘रुस्तम’, ‘पल्टन’ र ‘बादशाहों’ जस्ता फिल्ममा देखिइन् ।

लामो समयदेखि फिल्ममा सक्रिय इशाले बलिउड बबलसँगको कुराकानीमा फिल्म उद्योगसँग जोडिएको काला तथ्य खुलासा गरेकी छन् । उनले एक निर्माताले आफूसँग सुत्न नमानेको भन्दै फिल्मबाट निकालेको खुलासा गरेकी छन् ।

‘म ती दिनमा मेकअप आर्टिस्टको कोठा शेयर गरेर सुत्ने गर्थें । मैले ‘म डराइरहेकी र एक्लै सुत्न नसक्ने’ बहाना बनाएको थिएँ । तर म भूत भन्दा पनि एक व्यक्तिको कारण डराएको थिएँ । किनकी तपाईंलाई थाहा पनि थिएन कि उसले कतिबेला तपाईंलाई निकाल्छ,’ उनले भनेकी छन् ।

उनले एक निर्माताले आफूलाई नराम्रो व्यवहार देखाएको बताएकी छन् । ‘सुटिङको बीचमा निर्माता आएर मसँग काम नगर्ने भने । मैले चारदेखि पाँच दिनको सुटिङ पुरा गरिसकेको थिएँ । उसले मलाई आफूसँगै सुत्नुपर्ने प्रस्ताव राख्यो । यद्यपि निर्देशक मेरो समर्थनमा आउनुभयो र निर्माताको प्रस्तावलाई अस्वीकार गर्न भन्नुभयो’, उनले भनेकी छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  १ : ५३ बजे

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको