प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जाने « Khabarhub

प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जाने


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्मा यही कात्तिक २३ गते छिमेकी मुलुक भारतको भ्रमणमा जाने भएका छन् ।

प्रधानसेनापति शर्माको भारत भ्रमणको कार्यक्रमलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रधानसेनापति शर्मा भारतको मानार्थ प्रधानसेनापतिको पदवी ग्रहणका लागि त्यसतर्फ जान लागेका हुन् । नेपालका प्रधानसेनापतिले भारतको र भारतका सेनापतिले नेपालको मानार्थ प्रधानसेनापति पदवी ग्रहण गर्ने परम्परा छ ।

यस्तै सेनाका उपरथी सरोजप्रताप राणा रथीमा बढुवा भएका छन् । उनलाई मन्त्रिपरिषद्ले बढुवा गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ६ : २४ बजे

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली