मिस युनिभर्सका लागि अन्तिम तयारीमा सुन्दरीहरू « Khabarhub

मिस युनिभर्सका लागि अन्तिम तयारीमा सुन्दरीहरू


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आउँदो शनिबार घोषणा हुने ‘मिस युनिभर्स नेपाल २०२१’ को तयारी भइरहेको जनाइएको छ । राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै अन्तर्राष्ट्रिय कस्मेटिक वितरण कम्पनी ओरीफ्लेमले मिस युनिभर्स नेपाल २०२१ को टाइटल स्पोन्सर गर्ने जानकारी दिइयो ।

कन्ट्री निर्देशक नग्मा श्रेष्ठले प्रतियोगिता अन्तिम तयारीमा रहेको जानकारी दिइन् । ‘हामीले मिस युनिभर्स नेपाल घोषणा गर्दैछौं’, नग्माले भनिन्, ‘आउँदो शनिबार हुने फाइनलमा टप १० हुँदै टप पाँचबाट विजेता घोषणा हुनेछिन् ।’

मिस युनिभर्स नेपालको ताजका लागि हुने प्रतिस्पर्धामा दर्शकको मत बढी पाउने दुई जना (पिपुल्स च्वाइस) र सोसल इम्प्याक्ट लिडरले सिधै अन्तिम १० मा प्रवेश पाउने भएका छन् । शनिबार हुने घोषणा मिस युनिभर्स नेपालकी विजेता अनिस्का शर्माले नयाँ विजेतालाई ताज लगाइदिने छिन् । विजेताले १० लाख नगद पुरस्कारसमेत प्राप्त गर्नेछिन् ।

प्रतियोगिताको शीर्ष विजेताले १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ‘मिस युनिभर्स’ का लागि उमंग क्रियसनले गत वर्षबाट प्रतियोगी पठाउन थालेको हो । गत वर्ष ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व अंशिका शर्माले गरेकी थिइन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ७ : ३४ बजे

कोला पिउँदा पेटका सूक्ष्म जीव र रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुर्याउने

काठमाडौं– हालै सार्वजनिक भएको एक वैज्ञानिक अनुसन्धानले चिनीयुक्त र चिनी

पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।